कालोबजारी गरेको भन्दै जनकपुरको तीन पेट्रोल पम्प "सिल"
न्यूज ब्यूरो | जनकपुरधाम, २८ जेठ । कालोबजारी गरेको भन्दै जनकपुरको तीन वटा पेट्रोल पम्प सिल गरिएको छ । जनकपुर लगायत महोत्तरी, सिन्धुली लगायतका जिल्लाहरुमा पेट्रोलियम पदार्थको कृतिम अभाव सृजना गरी तोकिएको मूल्य भन्दा बढी रकम लिएर पेट्रोल विक्रि वितरण गरिरहेको भन्दै धनुषा प्रहरीले जनपकुरको जिरोमाईलस्थि

२०७५ जेठ २८ सोमबार, राति ९:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २८ जेठ । कालोबजारी गरेको भन्दै जनकपुरको तीन वटा पेट्रोल पम्प सिल गरिएको छ ।
जनकपुर लगायत महोत्तरी, सिन्धुली लगायतका जिल्लाहरुमा पेट्रोलियम पदार्थको कृतिम अभाव सृजना गरी तोकिएको मूल्य भन्दा बढी रकम लिएर पेट्रोल विक्रि वितरण गरिरहेको भन्दै धनुषा प्रहरीले जनपकुरको जिरोमाईलस्थित रहेको भिआयल, मुजेलिया स्थित रहेको बाबा पेट्रोल पम्प र जनकपुर डिजेल सेन्टरलाई सिल गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पेट्रोलियम पदार्थको कालोबजारी गरिरहेको समाचार विभिन्न सँचारमाध्यमहरुमा प्रशारण प्रकाशित भएपछि तुरुन्तै एक्सनमा आएका बाणिज्य तथा आपूर्ति मन्त्री मातृक प्रसाद यादवले छडके गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…