जनकपुरः पुरुषमाथि अन्धाधुन चक्कु प्रहार, अस्पताल भर्ना
बाटोमा रोकेर नदाफमाथि बिना कारण अन्धाधुन चक्कु प्रहार गरेको स्थानीयहरुले जनाएको छ । चक्कु प्रहारबाट गम्भिर घाईते बनेका नदाफलाई छाडेर आरोपित साह भागेका थिए । गाउँलेहरुले उनलाई समातेर प्रहरीलाई जिम्मा लगाएको हो । यद्यपी, चक्कु किन प्रहार गरेको बारे अझै खुलेको छैनन् । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ ।

२०८१ जेठ १४ सोमबार, बिहान ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम लगतै रहेको धनुषाको कजरा रमौलस्थित एक पुरुषमाथि अन्धाधुन चक्कु प्रहार गरिएको छ ।
शनिबार साँझ करिब ७ः०० बजेको समयमा धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ४ कजरा रमौलस्थित बाटोमा घेरेर स्थानीय सदिक नदाफ घाईते भएका छन् ।
ललिया–रमौल जाने बाटोमा नदाफकै गाउँ नजिक गएर मिथिलाबिहारी नगरपालिका वडा नम्बर ५ ललिया बस्ने महेश साहको छोरा दिलिपले अन्धाधुन चक्कु प्रहार गरेको हो ।
बाटोमा रोकेर नदाफमाथि बिना कारण अन्धाधुन चक्कु प्रहार गरेको स्थानीयहरुले जनाएको छ । चक्कु प्रहारबाट गम्भिर घाईते बनेका नदाफलाई छाडेर आरोपित साह भागेका थिए । गाउँलेहरुले उनलाई समातेर प्रहरीलाई जिम्मा लगाएको हो । यद्यपी, चक्कु किन प्रहार गरेको बारे अझै खुलेको छैनन् । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…