जनकपुरः पुरुषमाथि अन्धाधुन चक्कु प्रहार, अस्पताल भर्ना

२०८१ जेठ १४ सोमबार
बिहान ०८:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम लगतै रहेको धनुषाको कजरा रमौलस्थित एक पुरुषमाथि अन्धाधुन चक्कु प्रहार गरिएको छ । 

शनिबार साँझ करिब ७ः०० बजेको समयमा धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ४ कजरा रमौलस्थित बाटोमा घेरेर स्थानीय सदिक नदाफ घाईते भएका छन् । 

ललिया–रमौल जाने बाटोमा नदाफकै गाउँ नजिक गएर मिथिलाबिहारी नगरपालिका वडा नम्बर ५ ललिया बस्ने महेश साहको छोरा दिलिपले अन्धाधुन चक्कु प्रहार गरेको हो । 

बाटोमा रोकेर नदाफमाथि बिना कारण अन्धाधुन चक्कु प्रहार गरेको स्थानीयहरुले जनाएको छ । चक्कु प्रहारबाट गम्भिर घाईते बनेका नदाफलाई छाडेर आरोपित साह भागेका थिए । गाउँलेहरुले उनलाई समातेर प्रहरीलाई जिम्मा लगाएको हो । यद्यपी, चक्कु किन प्रहार गरेको बारे अझै खुलेको छैनन् । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ । 

 
  • 0%
  • 0%
  • 0%
  • 3%
  • 34%
  • 61%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८१ जेठ १४ सोमबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus