जनकपुरः क्रसरमा पेलिए युवक
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले सोही क्रसर उद्योगमा मजदुरी गर्दै आएका यादवको शव ढुङ्गा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको बताए ।

२०८१ जेठ ११ शुक्रबार, बिहान ९:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम क्षेत्र अन्तर्गत पर्ने धनुषाको एक क्रसर उद्योगमा एक युवकको मृत्यू भएको छ । क्रसरमा पेलिएर उनको मृत्यू भएको हो ।
धनुषा जिल्लाको गणेशमानचारनाथ नगरपालिका वडा नम्बर ६ गोदारस्थित रहेको कमला स्टोन क्रसर उद्योगमा विहिबार युवकको शव भेटिएको हो । बुधबार राती करिब १२ बजे नै स्थानीय अर्जुन यादव नामक युवकको क्रसरको फित्तामा बेरिएर पेलिएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले सोही क्रसर उद्योगमा मजदुरी गर्दै आएका यादवको शव ढुङ्गा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको बताए ।
सोही क्रसरमा काम गर्ने बाराको निजगढ बस्ने अन्दाजी ४५ वर्षीय खेमबहादुर मगर घाइते भएका छन् । उनको गोदारस्थित उपचार केन्द्र उपचार भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…