पेट्रोलिय पदार्थको कृतिम अभाव सृजना गर्ने डिपो प्रमुख सहित तीन पक्राउ
न्यूज ब्यूरो | जनकपुरधाम, २८ जेठ । जनकपुर लगायत आसपासका क्षेत्रहरुमा पेट्रोलियम पदार्थको कृतिम अभाव सृजना गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पेट्रोलियम पदार्थको कितृम अभाव सृजना गरी बजारमा कालोबजारी गारएको आरोपमा प्रहरीले धनुषा महेन्द्रनगरका डीपो प्रमुख मनमोहन साह सहित तीनजनालाई उद्योगबाणिज्

२०७५ जेठ २८ सोमबार, बेलुकी ६:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २८ जेठ । जनकपुर लगायत आसपासका क्षेत्रहरुमा पेट्रोलियम पदार्थको कृतिम अभाव सृजना गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पेट्रोलियम पदार्थको कितृम अभाव सृजना गरी बजारमा कालोबजारी गारएको आरोपमा प्रहरीले धनुषा महेन्द्रनगरका डीपो प्रमुख मनमोहन साह सहित तीनजनालाई उद्योगबाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवको निर्देशनमा प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।
प्रमुख सहित पक्राउ पर्नेमा पेट्रोलिय डिलर्स एसोसिएसन जनकपुरका अध्यक्ष विष्णुदेव साह र पेट्रोलियम ढुवानी संघ जनकपुरका अध्यक्ष किसुनदेव साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बजारमा पेट्रोलियम पदार्थको कृतिम अभाव सृजना गरी कालोबजारी गर्दै गरेको खवर विभिन्न सँचारमाध्यमहरुमा आएपछि तुरन्तै एक्सनमा आएका मन्त्री यादवले जनकपुरको जिरोमाइल स्थित रहेको एउटा पेट्रोल पम्पमा छड्के गरेपछि कालोबजारी गरेको पाईएपछि तीनै जनालाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
यस बारे तीनै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…