नेता प्रभु साह निकट आजपाका युवा नेता विजय यादव निर्विजलाई मातृशोक
मेयर प्रत्यासी यादवका आमा फूला देवी यादव ६४ बर्षको उमेरमा आईतबार बिहान करिब ७ः३० बजे बिहान आफनै निजी निवास सन्तपुर (दो) निधन भएको हो । मेयर प्रत्यासी यादवका आमा केही वर्षदेखि क्यान्सर सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

२०८१ जेठ ७ सोमबार, बिहान ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लाको उत्तरी पश्चिमी भेग अवस्थित फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी एवम आम जनता पार्टीका स्थाई कमिटी सदस्य युवा नेता विजय यादव निर्विजलाई मातृ शोक परेको छ।
मेयर प्रत्यासी यादवका आमा फूला देवी यादव ६४ बर्षको उमेरमा आईतबार बिहान करिब ७ः३० बजे बिहान आफनै निजी निवास सन्तपुर (दो) निधन भएको हो । मेयर प्रत्यासी यादवका आमा केही वर्षदेखि क्यान्सर सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
वहाँको आमालाई आम जनता पार्टीका केन्द्रिय अध्यक्ष प्रभु साहले असामाहिक निधन प्रती भावपुर्ण श्रद्धाञ्जली सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन।
आईतबार नै अन्तिम अन्तेष्टी लाल बैकैया हिन्दू परम्परा अनुसार दास संस्कार गरिएको फतुवा विजयपुर नगरपालिकाका आईटी आर्मीका नगर ईन्चार्ज रामशरण यादवले बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…