पत्रकार रोहिताको घटनामा पक्राउ परेकाहरुलाई एसपीले छाड्न थालेपछि जिल्ला प्रहरीमा तनाव
गत बैशाख ११ गते विहान करिब ३ः४७ बजेको समयमा जनकपुरधाम ढल्केवर सडकखण्डमा न्यूज ब्यूरोका पत्रकार विनय कुमार यादवको शंकास्पद मृत्यू भएको थियो । सो घटना सेलाउन नपाउँदै पुनः एक सँचारकर्मीसँगको घटनापछि शंका बढेको हो ।

२०८१ जेठ ६ आइतबार, दिउँसो ४:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका सँचारकर्मी शिवेन्द्र रोहिताको घटनामा पक्राउ परेकाहरुलाई रिहा गर्न थालेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा तनाव भएको छ ।
शनिबार विहान जनकपुरका सँचारकर्मी रोहितालाई कारले ठक्कर दिएर मृत्यू भएको थियो । सोही कारमा सवार चार जना अहिले प्रहरीको नियन्त्रणमा रहेको छ । कार चालकसहित अन्य तीन जना पक्राउ परेकोमा उनीहरुलाई रिहा गर्न लागेको भन्दै सँचारकर्मी र युवाहरुको टोली जिल्ला प्रहरी कार्यालय धनुषा पुगेको हो ।
सँचारकर्मीहरुसहितको टोलीले घटनाको छानबिन नगर्दै कारमा सवार अन्य तीन जनालाई रिहा गर्न लागेको भन्दै मोटो सँख्यामा सँचारकर्मी, उनका आफन्तजनहरु पुगेका हुन् ।
शनिबार विहान करिब ३ः०० बजेको समयमा जनकपुरधामको थापाचोकस्थित पत्रकार रोहिता सवार मोटरसाईकललाई मुख्यमन्त्री कार्यालयबाट पीडारीचोक तर्फ तीव्र गतिमा जाँदै गरेको कारले ठक्कर दिएपछि उनको मृत्यू भएको हो । सोही घटनामा जयनाथ यादव घाईते भएका छन् ।
उनको घटना शंकास्पद रहेको भन्दै पत्रकार महासंघ धनुषा शाखा र प्रदेश शाखाले समेत छानबिनको माग गरिरहँदा धनुषाका एसपी भुवनेश्वर तिवारीको निर्देशनमा पक्राउ परेकाहरुलाई छाड्न लागेको भन्दै विरोध जनाइएको हो ।
गत बैशाख ११ गते विहान करिब ३ः४७ बजेको समयमा जनकपुरधाम ढल्केवर सडकखण्डमा न्यूज ब्यूरोका पत्रकार विनय कुमार यादवको शंकास्पद मृत्यू भएको थियो । सो घटना सेलाउन नपाउँदै पुनः एक सँचारकर्मीसँगको घटनापछि शंका बढेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…