जनकपुरः स्कूल बस र मोटरसाईकल ठोक्किएपछि एक युवकको मृत्यू

२०८१ जेठ ४ शुक्रबार
दिउसो १२:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम क्षेत्रस्थित एक स्कूल बसले मोटरसाईकलमा सवार युवकलाई ठक्कर दिँदा एक युवकको मृत्यू भएको छ । 

शुक्रबार विहान करिब १०ः४० बजेको समयमा हुलाकी सडकखण्ड अन्तर्गत औरही–तिनकोरियाको बीचमा पर्ने जोगियारास्थित स्कूल बस र मोटरसाईकल जुधेको प्रहरीले जनाएको छ । 

विदेह नगरपालिका वडा नम्बर ७ जोगियारस्थित तिनकोरियाबाट औरही तर्फ जाँदै गरेको प्रदेश २ ००२ ००४ प ३७८२ नम्बरको मोटरसाईकल र विपरित दिशातर्फबाट जाँदै गरेको ना ४ ख ५७० नम्बरको स्कूल बसबीच ठक्कर भएको हो । 

सो दुर्घटनामा विदेह नगरपालिका वडा नम्बर ७ बस्ने २० बर्षिय सँतोष यादवको मृत्यू भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गम्भिर घाईते भएका यादवको उपचारको लागि जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यू भएको प्रहरी चौकी तिनकोरियाले जनाएको हो । 

प्रहरी वरिष्ठ नायव नीरिक्षक कुवेर खतिवडाको कमाण्डमा घटनास्थल पुगेको मुचुल्का टोलीले मुचुल्का गरेको हो । खतिवडाका अनुसार, मोटरसाईकल र स्कूल बस प्रहरीको नियन्त्रणमा रहेको छ । 

तिनकोरियास्थित सँचालनमा रहेको लर्ड गणेश ईँगलिस बोर्डिँग स्कूलको बसले सँतोषलाई ठक्कर दिएको थियो । अहिले स्कूल बस तिनकोरिया पुलिसको नियन्त्रणमा रहेको छ । बस चालक तिनकोरिया बस्ने रमेश मण्डल फरार रहेको प्रहरीले जनाएको छ । 

 

 

 

  • 0%
  • 0%
  • 2%
  • 1%
  • 86%
  • 9%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८१ जेठ ४ शुक्रबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus