जनकपुरको राराब कलेजमा स्वीयूबीच लफडा, परीक्षार्थीको कापी सेटिँग गरेको भन्दै तालाबन्दी

२०८१ बैशाख ३१ सोमबार
बिहान ०९:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको रा.रा.ब. कलेजमा एक परीक्षार्थीको परीक्षा कापी सेटिँग गरेको आरोपमा क्याम्पसमा तोडफोड गर्दै स्वीयूको कार्यालयमा तालाबन्दी गरिएको छ ।

आईतबार दिउँसो १२ः०० बजदेखि ३ः०० बजेसम्म भएको परीक्षाको क्रममा एक छात्रा (युवति) को कापी बाहिरै सेटिँग गर्ने क्रममा लोसपा र जसपा निकट विद्यार्थी नेताहरुले देखेपछि विरोध जनाएको थियो । उनीहरुले एक विद्यार्थीको लागि कापी सेटिँग गरेको आरोप लगाएका छन् । 

आईतबार सम्पन्न ब्याचलर दोस्रो बर्षको परीक्षा अन्तर्गत अर्ननाजेश्नल व्हेवयर र ह्युमन रिसोर्स म्यानेजमेन्ट विषयको परीक्षामा नीरिक्षक जगरनाथ सिँहको प्रत्यक्ष उपस्थितिमा कापी सेटिँग गरेको आरोपपछि आईतबारदेखि नै राराबमा तनाव उत्पन्न भएको छ । 

जसपा निकट विद्यार्थी संघ र लोसपा निकट लोविसंघका विद्यार्थी नेताहरुले सोही विरोधमा स्वीयूको कार्यालयमा तालाबन्दी गरेको हो । लोविसंघका अजय पण्डित,गौतम यादव, निराजन चौधरीको विशेष उपस्थितिमा तालाबन्दी गरिएको हो । 

उनीहरुले स्वीयूका सदस्य दिपेन्द्र राउतले सो कापी सेटिँग गरेको आरोप लगाएका छन् । उनीहरुले यस कार्यमा संलग्नलाई कारवाही नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको हो । 

यता, राराबका स्वीयू अध्यक्ष मनिष कुमार यादवले आफ्नो कुनै संलग्नता नै नरहेको अवस्थामा नाम जोडेर चरित्र हत्या गरेको आरोप लगाएका छन् । लोविसंघ र विद्यार्थी संघका पदाधिकारीहरुले अनाहकमा आफ्नो नाम समाजिक सँजालमा राखेर कुप्रचार गरेकोप्रति खेद प्रकट गरेका छन् । 

उनले यस्ता कार्यमा संलग्नलाई प्रमाणित भए कानुनी कारवाहीको लागि आफू समेत सहयोग गर्ने बताउँदै आफ्नो कुनै संलग्नता नै नभएको काण्डमा जबरदस्ती नाम जोडेर सस्तो लोकप्रियता कमाउने खोजेको आरोप लगाए । उनले परीक्षामा बाहिरका मान्छेहरुलाई घुम्न नदिएको निहुँमा योजना तहत यस्तो गरेको आरोप लगाए ।

  • 25%
  • 7%
  • 1%
  • 3%
  • 1%
  • 3%

भारतका पारुल र डिआईटी युनिभर्सिटीले नेपाली विद्यार्थीलाई ५०% स्कोलरसीपमा पढाउने

  • २०८१ बैशाख ३१ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी मुलुक भारतस्थित रहेको दुईवटा युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई ५० प्रतिशत छात्रवृतिमा अध्ययन अध्ययापन गराउने भएको छ ।  बुधबार जनकपुरधामस्थित क्यारियर ड्रिम एजुकेशन कन्सल्टेन्सीले पत्रकार सम्मेलन गरी भारतको

पूरा पढ्नुहोस्

Bureau Menus