न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम क्षेत्रस्थित एक युवकको करेन्ट लागेर मृत्यू भएको छ । आज (विहिबार) विहान करिब ६ बजेको समयमा धनुषाका एक युवकको करेन्ट लागेर मृत्यू भएको हो ।
मृत्यू हुनेमा धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ रमौली टोल बस्ने ३० वर्षीय अमरेशकुमार महतो रहेको धनुषा प्रहरीले जनाएको छ ।
बँदेल, निलगाई धपाउनको लागि खेतबारीमा लगाएको बिद्युतिय तारको घेरामा उनको करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।
उनका अनुसार, बालीनालीको सुरक्षाका लागि खेतबारीमा थापिएको विद्युतीय धराप (करेन्ट) मा परेर महतोको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।
महतोको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
किसानले मल नपाइरहेका बेला वडा सदस्य महतोले अन्य ठाउँमा विक्री गर्न लैजाँदै गर्दा पक्राउ, ४०० बोरा मल बरामद
- २०८१ बैशाख २७ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । खेतीपातीको मुख्य समयमा किसानले रासायनिक मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ का वडा सदस्य सुरेश साहमाथि मल डिलरबाट ट्याम्पुमा लुकाएर अन्यत्र लैजान खोजेको आरोप लागेको
पूरा पढ्नुहोस्



