जनकपुरः करेन्ट लागेर एक युवकको मृत्यू

२०८१ बैशाख २७ बिहीबार
बिहान ११:१० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम क्षेत्रस्थित एक युवकको करेन्ट लागेर मृत्यू भएको छ । आज (विहिबार) विहान करिब ६ बजेको समयमा धनुषाका एक युवकको करेन्ट लागेर मृत्यू भएको हो ।

 मृत्यू हुनेमा धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ रमौली टोल बस्ने ३० वर्षीय अमरेशकुमार महतो रहेको धनुषा प्रहरीले जनाएको छ । 

बँदेल, निलगाई धपाउनको लागि खेतबारीमा लगाएको बिद्युतिय तारको घेरामा उनको करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए । 

उनका अनुसार, बालीनालीको सुरक्षाका लागि खेतबारीमा थापिएको विद्युतीय धराप (करेन्ट) मा परेर महतोको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए । 

महतोको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

  • २०८१ बैशाख २७ बिहीबार

Bureau Menus