Close This

आफ्नो घरमा आगो फुँक्ने पुरुष पक्राउ

२०८१ बैशाख २७ बिहीबार
बिहान १०:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । मधेश प्रदेशको रौतहटस्थित आफ्नो घरमा आगो सल्काउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । 

रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रहम्पुरी टोलस्थित बस्ने स्थानीय ४५ बर्षिय नितेश सिँहले आफ्नो घरमा आगो फुँकेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । अत्यधिक दारु खाएर उनले आफ्नै घरमा आगो लगाएको रौतहट प्रहरीकी डिएसपी एलिजा गिरीले बताईन् । 

मादक पदार्थ सेवन गरी आफ्नै टाटीको बेरा र फुसको छानो भएको घरमा आगो लगाएकोमा स्थानीय र प्रहरी टोलीले तत्कालै आगो निभाएको थियो ।

आगो तत्काल नियन्त्रणमा नआएको भए वरपरका अन्य घर समेत जलेर ठूलो जनधनको क्षति हुन सक्ने प्रबल सम्भावना देखा परेको हुँदा आगो लगाउने नितेश सिंहलाई निजकै घरबाट पक्राउ गरी “आपराधिक उपद्रो” शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

  • २०८१ बैशाख २७ बिहीबार

सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ। श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई हाजिरी जमानीमा छाड्न वा तारिखमा राखेर

पूरा पढ्नुहोस्

Bureau Menus