धनुषामा हातीको हरकत , ग्राउण्ड जिरोमा सरकारी टोली
न्यूज ब्यूरो | जनकपुरधाम, २८ जेठ । विगत केही दिनदेखि धनुषामा जँगली हात्तीले ताण्डव मच्चाएपछि वन टोली घटनास्थल पुगेका छन् । धनुषाको मिथिला नगरपालिका वडा नं. ७ ढल्केव सहित पोखरी दमार, केमलिपुर र एक्लेबर क्षेत्रमा ३ वटाको समुहमा रहेको जंगली हाथिले बासस्थान बनाइ स्थानीयहरुको घर टहरा भत्काउँदै आएको छ । ह

२०७५ जेठ २८ सोमबार, दिउँसो १:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २८ जेठ । विगत केही दिनदेखि धनुषामा जँगली हात्तीले ताण्डव मच्चाएपछि वन टोली घटनास्थल पुगेका छन् ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ७ ढल्केव सहित पोखरी दमार, केमलिपुर र एक्लेबर क्षेत्रमा ३ वटाको समुहमा रहेको जंगली हाथिले बासस्थान बनाइ स्थानीयहरुको घर टहरा भत्काउँदै आएको छ ।
हात्तीको हरकतले क्षति पुर्याएपछि जनजीवन त्रसित भईरहेको बेला वस्तुस्थिति बुझ्नको लागि प्रदेश २ का उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्रालयका सचिव मेघनाथ काफ्लेको अगुवाईमा एक टोली हात्ती स्थल पुगेका हुन् ।
काफ्ले सहित जिल्ला वन कार्यालय धनुषाका डिएफओ अशोक झा समेतको टोलि उक्त क्षेत्रको स्थलगत भ्रमण गरि स्थानीयबासीसंग छलफल गर्दै हाथिको आक्रमणबाट जोगिन गर्नुपर्ने पूर्बतयारी बारे अनुभव आदानप्रदान गरेका हुन् । 
स्थलगत रिपोर्ट अनुसार, पोखरीदमारको अवस्था हेर्दा हाथिको उपयुक्त बास स्थानको लागि चाहिने पोखरी र बन क्षेत्र भए पनि वनमा आवश्यक भोजन सामग्री नभएकोले भोजनको खोजीमा बस्ती तर्फ आउने गरेको निष्कर्ष ठहर गरिएको छ ।
जँगली हात्तीको आक्रमणबाट मानवीय क्षति नहोस भनेर हाथी आएको सूचना आदानप्रदान गर्ने, नजिस्काउने, ठाउँ ठाउँमा आगो बाल्ने र सजग रहने जस्ता विविधि तौर तरिकाबारे स्थानीयहरुलाई जानकारी गराइएको छ ।
स्थलगत नीरीक्षणको क्रममा पुगेका टोलीका सदस्य सुरेश शर्मा भन्छन् , " हाथिलाई धपाउनु धेरै कठिन हो, हाथिको बारेमा भएको अध्ययन अनुसन्धान अनुसार आमा संग एकचोटि हिडेको बच्चा हाथिले ५० बर्ष पछि पनि त्यै बाटो हिंड्छन, एकचोटि धपाइदिनुस फेरि फेरि आउंछन तर केहि समय पछि आफै स्थान परिवर्तन गरि गयो भने मात्र केही बढी ग्याप गरेर आउंछन । स्थाई समाधानको लागि ईलेक्ट्रीक फेन्स लगाए पनि अर्को बाटोबाट फ़ेरि आइहाल्छन ।"
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…