शसस्त्रका सिंघम ईन्स्पेक्टर पन्तले यसरी फेला पारे लाखौँको अबैद्य समान
चन्दन रौनियार | सुनसरी, २८ जेठ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस क्याम्प दुहवीले २ लाख १० हजार एक सय रकम बराबरको अबैध सामान पक्राउ गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याइएका सामान दुहवी ७ फ्र्रसाहि मुस्लिम टोल नहरछेउबाट पक्राउ गरिएको दुहवीका सशस्त्र प्रहरी निरीक्षक दिल कुमार पन्थ

२०७५ जेठ २८ सोमबार, दिउँसो १२:४२ बजे१ मिनेट पढाइ

चन्दन रौनियार |
सुनसरी, २८ जेठ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस क्याम्प दुहवीले २ लाख १० हजार एक सय रकम बराबरको अबैध सामान पक्राउ गरेको छ ।
भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याइएका सामान दुहवी ७ फ्र्रसाहि मुस्लिम टोल नहरछेउबाट पक्राउ गरिएको दुहवीका सशस्त्र प्रहरी निरीक्षक दिल कुमार पन्थले जानकारी दिएका छन् ।
पन्थकै कमाण्डमा खटिएको गस्ती टोलीले आइतबार २ लाख १० हजार बराबरको सामान बरामद गरेको थियो ।
अबैध रुपमा भन्सार छलि ल्याएको तयारि पोसाक,कुर्ता सुरुवाल ४०पिस , लेडिज लेगिज १३१ पिस ,टप १८९ पिस , जिरा, पापड लगायत समान पक्राउ गरिएको पन्थले बताए ।
साइकलमा आएका ४ जना नेपाल भित्र्याइएका सामान नहरमा छोडेर भागेको प्रहरी निरीक्षक पन्थले बताए ।
सामान मिलाउने क्रममा स्थानियहरुले सशस्त्र प्रहरी बल दुहवीले चढ्ने बा १ ज ६५२५ नम्बरको बोलोरोको पछाडीको ढोकाको सिसा समेत फुटाइ दिएकोले उनीहरुको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक पन्थले बताए ।
पन्थले तस्करहरुको आक्रमणको परवाह नै नगरी आफ्नो जिम्मेवारी फिल्मी शैलीमा निर्वाह गरेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…