धनुषा प्रहरीले पत्रकार यादवको प्रकरणमा कर्तव्य ज्यानको मुद्दा चलाऔँः प्रेस युनियन
मृतक पत्रकार यादवको परिवारजनले आफै जुटाएको विभिन्न तथ्य र प्रमाणहरु, विभिन्न सँचारमाध्यममा आएका समाचारहरुले पत्रकार यादवको हत्या समेत हुन सक्ने प्रशस्त प्रमाणहरु रहँदा रहदै समेत धनुषा प्रहरीले दुर्घटनामा मात्र सिमित गरेर पिडित परिवार प्रति बढाएको दबाबको युनियन धनुषाले भत्र्सना पनि गरेको छ ।

२०८१ बैशाख १७ सोमबार, बेलुकी ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रेस युनियन धनुषाले पत्रकार विनय कुमार यादवको मृत्यूको घटना शंकाष्पद देखिन थालेको भन्दै गम्भिर छानविनको मांग गरेको छ ।
युनियन धनुषाका सचिव हरिवंश यादवद्वारा जारी विज्ञप्तीमा घटनाको छानविनमा धनुषा प्रहरीले देखाएको समान्य जस्तो व्यवहार, सुस्तता र लापरवाही खेदजनक रहेको उल्लेख गरिएको छ ।
मृतक पत्रकार यादवको परिवारजनले आफै जुटाएको विभिन्न तथ्य र प्रमाणहरु, विभिन्न सँचारमाध्यममा आएका समाचारहरुले पत्रकार यादवको हत्या समेत हुन सक्ने प्रशस्त प्रमाणहरु रहँदा रहदै समेत धनुषा प्रहरीले दुर्घटनामा मात्र सिमित गरेर पिडित परिवार प्रति बढाएको दबाबको युनियन धनुषाले भत्र्सना पनि गरेको छ ।
युनियन धनुषाले विभिन्न तथ्य र प्रमाणहरुको सुक्षम अध्यन्न गरि घटनालाई कर्तव्य ज्यान मुद्दाको रुपमा दर्ता गरि सोहि अनुरुप अनुसन्धान थाल्न मांग समेत गरेको छ ।
प्रेस युनियन धनुषाले पत्रकार यादवको प्रकरणमा कर्तव्य ज्यानको मुद्दा नचलाए आन्दोलनको चेतावनी समेत दिएको हो । प्रेस युनियन धनुषाका सचिव हरिवंश यादवले जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरीले पीडित परिवारप्रतिको व्यवहार समेत सुधारको आवश्कयता औल्याएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…