हिन्दु सम्राट सेनाकी लक्ष्मी साह पक्राउ
पौडेश्वरस्थित एक किशोरी हँसपुर नगरपालिका बस्ने एक युवकसँग गएपछि सो मुद्दालाई हिन्दु–मुस्लिमको मुद्दा बनाउँदै शान्ती सुरक्षामा खलल पार्न थालेपछि उनलाई पक्राउ गरेको हो ।

२०८१ बैशाख १४ शुक्रबार, बिहान १०:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दँगा भडकाउन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले हिन्दु सम्राट सेनाकी सदस्य लक्ष्मी साहलाई पक्राउ गरेको छ ।
विहिबार धनुषाको औरही गाउँपालिका वडा नम्बर १ पौडेश्वरस्थित समान्य घटनालाई अतिरञ्जित र विवादित बनाउन खोजेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले साहलाई जातीय दँगा गराउन भडकाउ कुराहरु गर्न थालेपछि तत्कालै उनलाई नियन्त्रणमा लिएको बताएको हो ।
पौडेश्वरस्थित एक किशोरी हँसपुर नगरपालिका बस्ने एक युवकसँग गएपछि सो मुद्दालाई हिन्दु–मुस्लिमको मुद्दा बनाउँदै शान्ती सुरक्षामा खलल पार्न थालेपछि उनलाई पक्राउ गरेको हो ।
उनीहरुले हिन्दु समुदायकी किशोरीलाई मुस्लिम समुदायका युवकले भगाएको भन्दै यसलाई लवजिहादको सँज्ञा दिँदै स्थानीयहरुलाई भडकाएर आन्दोलन गराउन खोजेपछि उनलाई पक्राउ गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…