जनकपुरमै पहिलो पटक नैना हस्पिटलमा दुरबिनबाट महिलाको अप्रेशन गर्ने
दुरबिनको प्रयोग बिना अप्रेशन गर्दा शरिरको धेरै भाग चिर्नु पर्ने हुँदा बिरामीलाई ठिक हुन समय लाग्ने तर दुर्बिनको प्रयोग हुँदा शल्यक्रिया गर्न सजिलो हुने नैना हस्पिटलका प्रमुख रजकले बताए । पत्रकार सम्मेलनमा बोल्दै डा. रजकले आर्थिक रुपले बिपन्न ब्यक्तीको निम्ति विशेष लाभदायिक होस् भन्ने आफूले चाहेको यस्तो प्राविधि अस्पतालले प्रयोगमा ल्याएको उनले बताए । ल्यास्कोपीकोबाट पनि शल्यक्रिया गर्न सकिन्छ भन्ने आम मानिसमा जानकारी नभएको अवस्थामा यस किसिमको कार्यक्रमले विशेष राहत प्रदान गर्ने डा रजकले बताए ।

२०८१ बैशाख ९ आइतबार, राति ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित सँचालनमा रहेको चर्चित डाक्टर वृजमोहन रजकको नैना हस्पिटलमा दुरबिन माध्यमबाट महिलाको अप्रेशन गर्ने भएको छ ।
जनकपुरको रामानन्दचोकस्थित रहेको नैना हस्पिटलमा हुने दुरबिन प्रविधि जनकपुरमै पहिलो पटक स्थापित हुने बताईएको छ । आईतबार एक जनकपुरको नैना हस्पिटल आएका दिग्गज डाक्टरहरुले दुरबिन प्रयोगबाट महिलाको अप्रेशन गर्दा खतरा एकदमै न्यून हुने दाबी गरे ।
पेटमा बच्चा हुँदा डेलेभरीको समयमा अप्रेशन गर्दा बिना दुरबिन प्रयोग प्रविधिले खतरा रहँदै आएकोमा दुरबिन प्रविधिबाट अप्रेशन हुन थालेपछि स साना भागहरु प्रष्ट रुपमा देखिने बताईएको छ । यसले अप्रेशनको बेला आवश्यक भन्दा अन्य अंक कटिने खतरा न्यून हुने बताईएको छ ।

नैना हस्पिटल प्रालिका प्रमुख डा. बृज मोहन रजकको अध्यक्षतामा भएको एक कार्यक्रममा दुरबिन प्रयोग र यसको फाईदाहरुबारे झल्काएको थियो ।
दुरबिनको प्रयोग बिना अप्रेशन गर्दा शरिरको धेरै भाग चिर्नु पर्ने हुँदा बिरामीलाई ठिक हुन समय लाग्ने तर दुर्बिनको प्रयोग हुँदा शल्यक्रिया गर्न सजिलो हुने नैना हस्पिटलका प्रमुख रजकले बताए । पत्रकार सम्मेलनमा बोल्दै डा. रजकले आर्थिक रुपले बिपन्न ब्यक्तीको निम्ति विशेष लाभदायिक होस् भन्ने आफूले चाहेको यस्तो प्राविधि अस्पतालले प्रयोगमा ल्याएको उनले बताए ।
ल्यास्कोपीकोबाट पनि शल्यक्रिया गर्न सकिन्छ भन्ने आम मानिसमा जानकारी नभएको अवस्थामा यस किसिमको कार्यक्रमले विशेष राहत प्रदान गर्ने डा रजकले बताए ।

यता , अतिथिका रुपमा आमन्त्रित प्रादेशिक अस्पताल जनकपुरका मेसु डा. राम नरेश पण्डितले जनकपुरको लागि यस्तो प्रबिधि प्रयोग हुनु गौरवको विषय भएको बताए ।
ल्याप्रोस्कोपीको मध्यमबाट अधिक बिरामीले उपचार गर्दा खर्च कम र जोखिम समेत कम हुने उनको तर्क छ ।
कार्यक्रममा जनकपुरका स्त्री रोग विशेषज्ञ चिकित्सक आर एन झा लगाएतका चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी ,पत्रकार र स्वास्थ्य सरोकारबालाहरुको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…