प्रदेश २ मा जमेको "झुम्की यात्रा"
न्यूज ब्यूरो | जनकपुरधाम, २७ जेठ । महिला हिंसामा आधारित झुम्की नाटक जनकपुर सहित मधेसको अन्य जिल्लाहरुमा प्रदर्शन गरिएको छ । गत शुुक्रबार बिहान ८ बजे जानकी मन्दिरको प्रागंनमा प्रदर्शित नाटक झुम्कीमा समुदायका उत्पिडित,उपेक्षित र बहिष्कृत व्यक्तिको आवाज बन्ने प्रयास गरिएको हो । समाजमा व्याप्त दहेज प्रथ

२०७५ जेठ २७ आइतबार, बेलुकी ७:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २७ जेठ । महिला हिंसामा आधारित झुम्की नाटक जनकपुर सहित मधेसको अन्य जिल्लाहरुमा प्रदर्शन गरिएको छ ।
गत शुुक्रबार बिहान ८ बजे जानकी मन्दिरको प्रागंनमा प्रदर्शित नाटक झुम्कीमा समुदायका उत्पिडित,उपेक्षित र बहिष्कृत व्यक्तिको आवाज बन्ने प्रयास गरिएको हो ।
समाजमा व्याप्त दहेज प्रथा,महिला हिंसा,ब्लात्कार जस्ता लज्जास्पद घट्नाहरु प्रति जनतालाई जागरुक बनाउने उद्देश्यले झुम्की नाटक प्रदर्शन गरिएको नाटककी प्रंमुख पात्र एवम् कलाकार रीना रिमालले बताइन् ।
नाटक भरि एक ब्लात्कृत महिलाको पीडा तथा संघर्ष देखाइएएको थियो । ब्लात्कृत भएपछि एक महिलाले लाज वा डर नमानी प्रहरीमा उजुरी दिने साहस गरेको नाटकमा देखाईयो ।
यस नाटक बाट तराई—मधेशमा बढिरहेको ब्लात्कारको घट्नालाई बाहिर ल्याउन सहयोग भेट्ने नाटककी संयोजक लक्ष्मी चौधरीले आशा व्यक्त गरिन् ।
समाजमा ब्लात्कृत महिलालाई डर तथा लाजका कारण ब्लात्कारी विरुद्ध उजुरी दिन नहुने मान्यतालाई नाटक झुम्कीले हटाउने काम गरेको नाटककी एक कलाकार पूनम ढकालले बताइन ।
मंगलबार देखि सुरु भएको नाटक झुम्की प्रदेश नम्बर २ को सप्तरी देखी पर्सा सम्म करिब १६ स्थानमा प्रदर्शन गरिनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…