आउँदो ७ महिनाभित्र जयनगर–बर्दिवास रेल सँचालन हुन्छ : मन्त्री महासेठ
न्यूज ब्यूरो | जनकपुरधाम, २७ जेठ । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले आउँदो ७ महिना भित्र नेपाल भारत रेल्वे सँचालन हुने दाबी गरेका छन् । मन्त्री महासेठले आईतबार निर्माणधीन जयनगर–जनकपुर रेल्वेको कार्य प्रगति नीरिक्षण गर्दै ७ महिनाभित्रै रेल कुदने बताएका छन् । धनुषाको खज

२०७५ जेठ २७ आइतबार, बेलुकी ६:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २७ जेठ । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले आउँदो ७ महिना भित्र नेपाल भारत रेल्वे सँचालन हुने दाबी गरेका छन् ।
मन्त्री महासेठले आईतबार निर्माणधीन जयनगर–जनकपुर रेल्वेको कार्य प्रगति नीरिक्षण गर्दै ७ महिनाभित्रै रेल कुदने बताएका छन् ।
धनुषाको खजुरी रेल्वे स्टेशन पुगेर निरिक्षण गर्दै मन्त्री महासेठले रेल्वे लिक निर्माण कार्य अति तीव्र गतिमा भईरहेको भन्दै ७ महिना भित्र जसरी पनि रेल सँचालन हुने विश्वास व्यक्त गरे ।
नीरीक्षणको क्रममा महासेठले रेल्वे लिक, कर्मचारी क्वार्टर, स्टेशन, हल्ट, भवनहरुको नीरिक्षण गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…