
न्यूज ब्यूरो, रौतहट । रौतहटको सदरमुकाम गौरबाट स्रोत नखुलेको ११ लाख १५ हजार रुपैयाँभन्दा बढी रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गौर नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय वीरेन्द्र कुमार जैसवाललाई ११ लाख १५ हजार ७ सय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता एवम डीएसपि एलिजा गिरीले जानकारी दिइन् ।
उनका अनुसार जैसवाल गौरबजार नजिक साइकलमा आउँदै गरेका थिए । बरामद रकममध्ये १ हजारको नोट ११ सय थान, ५ सयको नोट ३० थान र १ सयको नोट ७ थान रहेको छ ।
पक्राउ परेका जैसवाललाई कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरको जिम्मा लगाइएको डीएसपी गिरीले जानकारी दिइन् ।
धनुषाधाम नगरपालिकामा पुनः दास भए प्रमुख प्रशासकीय अधिकृत, लेखामा यादवको बढुवा
- २०८१ बैशाख १ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीत प्रसाद दास पुनः फर्केका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले केही निमित्त अधिकृतहरुलाई जिम्मेवारीबाट मुक्त गरेको थियो ।
पूरा पढ्नुहोस्