११ लाख रुपैयाँसहित एक जना पक्राउ
गौर नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय वीरेन्द्र कुमार जैसवाललाई ११ लाख १५ हजार ७ सय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता एवम डीएसपि एलिजा गिरीले जानकारी दिइन् । उनका अनुसार जैसवाल गौरबजार नजिक साइकलमा आउँदै गरेका थिए । बरामद रकममध्ये १ हजारको नोट ११ सय थान, ५ सयको नोट ३० थान र १ सयको नोट ७ थान रहेको छ ।

२०८१ बैशाख १ शनिबार, राति ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको सदरमुकाम गौरबाट स्रोत नखुलेको ११ लाख १५ हजार रुपैयाँभन्दा बढी रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गौर नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय वीरेन्द्र कुमार जैसवाललाई ११ लाख १५ हजार ७ सय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता एवम डीएसपि एलिजा गिरीले जानकारी दिइन् ।
उनका अनुसार जैसवाल गौरबजार नजिक साइकलमा आउँदै गरेका थिए । बरामद रकममध्ये १ हजारको नोट ११ सय थान, ५ सयको नोट ३० थान र १ सयको नोट ७ थान रहेको छ ।
पक्राउ परेका जैसवाललाई कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरको जिम्मा लगाइएको डीएसपी गिरीले जानकारी दिइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…