बोर्डरबाट प्याज तस्करी बढयो, काठमान्डौँ लैजादै गरिएको ४३ बोरा प्याज बर्दिवासबाट पक्राउ

२०८० चैत २७ मंगलबार
बिहान १०:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल भारत सीमाबाट भन्सार कर्मचारीहरुको मिलोमत्तोमा प्याजको तस्करी बढेको छ । धनुषा, महोत्तरी, सिरहा, सप्तरी लगायत बोर्डर छेउका जिल्लाहरुबाट प्याजको तस्करी बढेको हो । 

भन्सारका कर्मचारीहरुले व्यक्तिसहित फर्मको नाममा समेत भन्सार काटन थालेपछि प्याजको तस्करी बढेको हो । भन्सारमा कर्मचारीहरुले केही रकम लिएर पुरानै मितिको भन्सारलाई मान्यता दिन थालेपछि करोडौँको प्याज दैनिक नेपाल तस्करी हुन लागेको हो । 

सोही क्रममा तस्करी गरि ल्याइएको प्याज बर्दिवासस्थित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली गरी भारतबाट ल्याएको प्याज धनुषा, महोत्तरी कटेर काठमान्डौँ तर्फ लैजान लागिएको पिकअपमा लोड गरिएको ४३ बोरा प्याज पक्राउ गरेको हो । 

सशस्त्र प्रहरी बल, नेपाल गौरीडाँडा चेकपोइन्ट बर्दिबासबाट खटिएको चेकपोइन्ट टोलीले भन्सार छली गरी काठमान्डौँ लैजाँदे गरेको अवस्थामा ४३ बोरा प्याज सहित एउटा सवारी साधन नियन्त्रणमा लिएको हो । 

सोमबार साँझ ७ बजेको समयमा गौशालाबाट बर्दिवासतर्फ गईरहेको ना १ ज ७९०३ नम्बरको बोलेरो पिकअपलाई बर्दिवास चोकमा चेकजाँच गर्ने क्रममा गाडीमा रहेको प्याजको भन्सार तिरेको रसिद र अन्य विलबिजक माग्दा चालकले पुरानो मितिको कागज देखाएपछि उक्त समान भन्सार छली ल्याइएको पत्ता लागेको हो ।

चेकोपोईन्ट टोलीले थप सोधपुछ गर्न खोज्दा चालक गाडी तथा सामान छोडी भागेका छन् । भन्सार छलीको प्याज र गाडीको एघार लाख मूल्य कायम गरी जलेश्वर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जलसागरस्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 50%

भोली सार्वजनिक विदा

  • २०८० चैत २७ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले भोली मनाइने अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक विदा दिने भएको छ । प्रत्येक वर्ष अन्तराष्ट्रिय श्रमिक दिवसमा सार्वजनिक विदा दिने गरेको हो ।  नेपालमा पनि

पूरा पढ्नुहोस्

Bureau Menus