धनुषामा प्रहरीमाथि आक्रमण र मार्ने धम्की दिने तीन व्यक्तिमाथि अभद्र व्यवहार मुद्दा दर्ता

२०८० चैत २६ सोमबार
रति ८:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो,  जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका (८ बिसरभोराका केही व्यक्तिले प्रहरीलाई नै मार्ने धम्की दिएको घटना सार्वजनिक भएको छ ।

प्रहरीमाथि आक्रमण गर्नुका साथै मार्ने धम्की दिएका तीन युवकमाथि इलाका प्रहरी कार्यालय यदुकोहाले मुद्दा दर्ता गरेको छ । बिसरभोराका भुल्ला भन्ने शैलेन्द्र रोहिता, पप्पु भन्ने उदनकुमार रोहिता र अमरपति रोहितामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको कार्यालयका इन्स्पेक्टर चन्द्रकिशोर शाहले जानकारी दिए ।

जग्गा विषयमा आफन्तसँगै विवाद भएपछि विसरभोराका भुल्ला भन्ने शैलेन्द्र रोहिताले सार्वजनिक सडक अवरुद्ध पारेका थिए ।

इन्स्पेक्टर शाहले भने,‘सडक खुलाउन इलाका प्रहरी कार्यालय यदुकोहाबाट प्रहरी टोली त्यहाँ पठाएका थियौं । सो क्रममा भुल्लासहित तीनै जनाले प्रहरीमाथि आक्रमण गरे । प्रहरी जवानलाई ड्युटीमा आए मारिदिने धम्कीसमेत दिए । स्थानीय भद्रभलादमीले छलफल र नापजाँच गरेर विवाद मिलाइसकेका थिए । भुल्ला र उनकै काका नातामा पर्ने विनोद रोहिताबीच जग्गाको विवाद थियो । तर, पप्पु नामका व्यक्तिले भुल्लालाई उस्काएर प्रहरीमाथि आक्रमण गर्न लगायो । महिलालाई समेत प्रयोग गरी प्रहरीमाथि ढुंगामुढा गर्न लगाए ।’

पप्पु र भुल्ला आपराधिक चरित्रका व्यक्ति भएको प्रहरीको दाबी छ । भुल्लाका बुवा प्रदीप रोहिता जनतान्त्रिकमा लागेर भूमिगत आन्दोलन गर्दा प्रहरी इन्काउन्टरमा मारिएका थिए । उनका छोरा भुल्ला पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेको र प्रहरीको नोटिसमा रहेको इन्स्पेक्टर शाहले बताए ।

मुद्दा दर्ता भएपछि प्रहरीलाई बदनाम गर्न भुल्लाले चोरीको नाटक रचेका थिए । इन्स्पेक्टर शाहले भने, ‘चोरी भएकै छैन् । तर, भुल्लाका परिवारका सदस्यले घरमा चोरी भयो भनेर झूटो हल्ला चलायो ।’

प्रहरीलाई राति बोलाएर फसाउनेसम्मको षड्यन्त्र गरेको उनको भनाइ छ ।

स्थानीय वडाध्यक्ष तनुकलाल कुसियैतले पनि केही व्यक्तिले समाजलाई आतंकित बनाउन खोजेको बताए । वडाध्यक्षले भने, ‘जग्गाको सामान्य विवाद थियो । विवाद समाधान भयो । दुबै पक्ष सहमत भए । जग्गामा सिमाना पनि गाडिसक्यौं । तर, अन्तिममा प्रहरीमाथि नै एक पक्षले आक्रमण ग¥यो ।’

जग्गाकै विषयलाई लिएर उनीहरु विनोद रोहिता र उनकी श्रीमती अम्बिकालाई समेत पटक पटक धम्काउने गरेका छन् । विनोद भन्छन्, ‘जग्गाको विवाद मेरो आफ्नै भतिजा भुल्लासँग भयो । तर पप्पु नामका व्यक्तिले प्रहरीमाथि आक्रमण गर्न लगाए ।’

प्रहरीले मुद्दा दर्ता गरेर खोजी गरिरहेका कारण उनीहरुले आफूलाई समेत धाकधम्की दिने गरेको विनोद बताउँछन् ।

  • 11%
  • 33%
  • 11%
  • 11%
  • 11%
  • 11%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८० चैत २६ सोमबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus