जनकपुरमा दिनदहाडै लखेटी-लखेटी छुरा घोपेर एक युवकको हत्या, दुई जना नियन्त्रणमा
प्रत्यक्षदर्शीका अनुसार, उक्त समूहले प्रिन्स कुमारलाई लखेटी लखेटी छुरा हानेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार, अहिले दुई युवकलाई नियन्त्रणमा लिइएको छ । अनुसन्धानको लागि शंकाको आधारमा दुई जनालाई नियन्त्रणमा लिएको बताइएको छ ।

२०८० चैत २६ सोमबार, दिउँसो ४:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित रहेको सरँचिया कुट्टी नजिक विश्वकर्माचोकस्थित एक २० बर्षिय युवकको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, महोत्तरीको भटौरियाका प्रिन्स कुमार महासेठको हत्या भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार, उक्त समूहले प्रिन्स कुमारलाई लखेटी लखेटी छुरा हानेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार, अहिले दुई युवकलाई नियन्त्रणमा लिइएको छ । अनुसन्धानको लागि शंकाको आधारमा दुई जनालाई नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीका अनुसार, दुवै जना शंकास्पद मात्रै रहेकोले अहिले नाम, ठेगाना भन्न नमिल्ने भएको छ ।
प्रिंस कुमार महासेठ महोत्तरीको एकडारा गाउ पालिका ३ भटौलीया निवासी हुन । गाउँको श्री सम्पत्ति बेचेर उनको परिवार जनकपुर बस्दै आएको थियो । बुवा जमाहिर लाल महासेठको कोरोना कालमा मृत्यु पश्चात आमाले फलफूल व्यबसाय गरी बालबच्चाको पालन पोषण गर्दै आएकी थिइन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…