जनकपुर अञ्चल अस्पतालका मेसु यादवलाई कार्यकक्षमै "कालोमोसो"
न्यूज ब्यूरो | जनकपुरधाम, २७ जेठ । जनकपुर अञ्चल अस्पतालका मेडिलकल सुपरिटेन्डेन्टलाई आफ्नै कार्यकक्षकमा कालामोसो दलेका छन् । आईतबार दिउँसो करिब २ः३० बजेतिर जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राम परीक्षण यादवको कार्यकक्षमा पसेर युवाहरुको एक समूहले कालोमोसो दलेका हुन् । प्रहरीले तीन जनालई

२०७५ जेठ २७ आइतबार, दिउँसो ३:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २७ जेठ । जनकपुर अञ्चल अस्पतालका मेडिलकल सुपरिटेन्डेन्टलाई आफ्नै कार्यकक्षकमा कालामोसो दलेका छन् ।
आईतबार दिउँसो करिब २ः३० बजेतिर जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राम परीक्षण यादवको कार्यकक्षमा पसेर युवाहरुको एक समूहले कालोमोसो दलेका हुन् ।
प्रहरीले तीन जनालई पक्राउ गरी सोधपुछ र अनुसन्धान जारी राखेका छन् भने अन्य जना फरार रहेको बताइएको छ ।
उनीहरुले के कारणले कालोमोसो दलेको वा किन यस्तो गरेको बारे जानकारी नभएको तथा सोधपुछ भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुई दिन अघि मात्र जनकपुर अञ्चल अस्पतालका चिकित्सक लापरवाहीले एक सुत्केरी महिलाको ज्यान गएपछि अस्पतालमा विवाद उग्र भएको थियो ।
त्यो काण्डमा अस्पतालले छानबिन समिति समेत गठन गरिसकेको छ भने छानविन प्रक्रिया अगाडी बढाइएको छ ।
यता, कालामोसो भने तरुण दलका युवा नेताहरुले दलेको बताइएको छ । चिकित्सकको लापरवाहीले सर्वसाधारणको ज्यान गइरहेको भन्दै सेवा सुधारका लागि नयाँ शक्ति नेपाल , तरुणदल , नेविसंघ, विद्यार्थी युनियन र स्थानीय युवाहरुको एक समुह आईतवार दिउँसो २ः३० बजे तिर मेसु यादवलाई ज्ञापन पत्र बुझाउन गएका थिए ।
सोहि क्रममा मेसु यादव युवाहरुको समुहलाई आफ्नो केहि बाउन्सर बोलाएर हप्काएपछि आक्रोसित युवाहरुले त्यहि रहेको मसीले मेसु यादवको जिउमा खन्याएर कालोमोसो गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
सरकारको तर्फबाट गरिब, विपन्नहरुको लागि आउने गरेको निःशूल्क औषधी समेत वितरण नगरेको तथा दिने नगरेको भन्दै युवाहरुले सोही सम्बन्धमा ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराउन गएका थिए ।
२ दिन अघि एक बच्चा अनाथ भएको, तथा अहिलेसम्म अस्पतालमा नागरिक वडापत्र समेत नराखिएको भन्दै उनीहरुले ध्यानाकर्षण गराउन गएका थिए ।
मेसु यादवले बान्उसरको धाक लगाएपछि आक्रोसित ती युवाहरुले कालोमोसो दलेको बताइएको छ ।
यता, प्रहरीले भने कालोमोसो नदलेको तथा कार्यलयमा तोडफोड गर्न खोजेको भन्दै पक्राउ गरेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…