शिक्षक संघको सबैला नगरपालिकामा स्थानीय कार्यसमिति गठन
सो कार्यक्रममा विशिस्ट अतिथि सबैला नगरपालिका नगर प्रमुख कारिराम यादव, नेपाली काङ्ग्रेस पार्टी क्षेत्र नम्बर १का क्षेत्रीय कार्यबाहक सभापति जगत सुन्दर साह , शिक्षक संघ मधेश प्रदेश अध्यक्ष मेघनाथ यादव,शिक्षक संघका नेता दिनेश कुमार राय नेपाल शिक्षक संघको पुर्व जिल्ला सचिव सुरेश कुमार यादव,एकीकृत अखिल नेपाल शिक्षक संगठनका सबैला नगर अध्यक्ष मनोज कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

२०८० चैत २१ बुधबार, बिहान ८:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ,जनकपुरधाम । नेपाल शिक्षक संघ स्थानीय कार्य समिती सबैला नगरपालिका ५ औं प्रतिनिधि सभा कार्यक्रममार्फत स्थानीय कार्य समिति गठन गरिएको छ
कार्यक्रमको अध्यक्षता सबैला नगरपालिकाको अध्यक्ष राम शंकर यादवको अध्यक्षता एवम् मधेश प्रदेश कृषि विभाग सभापति एवम् प्रदेश सांसद संजय महतोको प्रमुख आतिथ्यमा स्थानीय कार्य समिति गठन गरिएको हो ।
सो क्रममा सांसद महतोले नागरिक शिक्षित गर्ने पहिलो उधगम स्थल शिक्षक रहेको बताउँदै आफ्नो काम इमानदारीपूर्वक गर्न औंल्याउँदै मधेश प्रदेशमा सब भन्दा बढि जनसंख्या हुँदा पनि संघ सरकार ७ प्रदेश भन्दा कम दिएको बताए । मधेश प्रदेशको मुख्यमन्त्री बजेट खर्च गर्न सकिनरहेको बताए ।
सो क्रममा अध्यक्षता गरेका यादवले नेपाल शिक्षक संघको विधान अनुसार प्रतिनिधि सभा कार्यक्रम गर्दै आएको बताए । त्यसै अनुरुप मँगलबा सबैला नगरपालिकामा नेपाल शिक्ष संघलो स्थानीय कार्यसमिति सर्वसहमतले गठन गरेको बताए ।
बिशिस्ट अतिथिको शिक्षक संघका नेता मेघनाथ यादवले भने, –“दरबन्दी मिलानको मतलब शिक्षकलाई यहाँबाट उठाएर अर्को ठाउँमा राख्नु होईन, शिक्षक खाचो बमोजिम नि मा बि र मा बिबाट मिलाई कक्षा संचालन हुने बमोजिम दरबन्दी मिलान गर्नु आवश्यक हो । शिक्षा क्षेत्रमा सरकारको लगानी हुनु पर्यो पहाडमा शिक्षक बढी बिद्यार्थी संख्या कम मधेशमा बिद्यार्थी बढी शिक्षक कम कसरी बिकर्ती हटछ । २०२८ को शिक्षा नियामबली चल्छ समय सापेक्ष बमोजिम नियामबली बनाउन आवश्यक छ ।”
सो कार्यक्रममा विशिस्ट अतिथि सबैला नगरपालिका नगर प्रमुख कारिराम यादव, नेपाली काङ्ग्रेस पार्टी क्षेत्र नम्बर १का क्षेत्रीय कार्यबाहक सभापति जगत सुन्दर साह , शिक्षक संघ मधेश प्रदेश अध्यक्ष मेघनाथ यादव,शिक्षक संघका नेता दिनेश कुमार राय नेपाल शिक्षक संघको पुर्व जिल्ला सचिव सुरेश कुमार यादव,एकीकृत अखिल नेपाल शिक्षक संगठनका सबैला नगर अध्यक्ष मनोज कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…