जनकपुरमा गाई मासु अफर गर्ने एक युवक पक्राउ, अनुसन्धानपछि छाडियो

२०८० चैत १९ सोमबार
बिहान ०९:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धार्मिक नगरी भनेर चिनिने जनकपुरधाममा गाईको मासु अफर गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी छाडेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाले हिन्दु सम्राट सेनाको उजुरीपछि अनुसन्धानको लागि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ लादोबेला बस्ने बर्ष २४ का आरिफ रेजालाई पक्राउ गरिएको थियो ।

 हिन्दु समुदायका एक युवकलाई आफू गाईको मासु काटेको र खाने अफर गरेपछि उजुरी गरिएको थियो । देशको राष्ट्रिय जनावर समेत रहेको गाई काटेर खानु अपराध मानिएको छ । 

हिन्दु समुदायले गौ माता भन्दै आएको गाईलाई काटेर मासु अफर गरेपछि सम्प्रादायिक झगडा गर्न खोजेको भन्दै प्रहरीमा उजुरी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई आइतबार नियन्त्रणमा लिएर अनुसन्धानपछि रिहा गरेको हो । 

जनकपुरधाममा विभिन्न धर्म समुदायबीच भाइचारा कायम रहँदै आएको अवस्थामा यस्तो गतिविधि गर्नेलाई कारवाहीको माग समेत गरिएको छ । 

  • 2%
  • 7%
  • 1%
  • 2%
  • 1%
  • 84%

साना किसान कृषि सहकारी सँस्था धनुषा गोविन्दपुरको २० औँ साधारणसभा सम्पन्न, बचतकर्ता बढदै

  • २०८० चैत १९ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधामस्थित रहेको साना किसान कृषि सहकारी सँस्था लिमिटेडको २० औँ साधारणसभा सम्पन्न भएको छ ।  शनिबार एक समारोहबीच २०औँ साधारण सभा सम्पन्न भएको छ । साधारणसभाको

पूरा पढ्नुहोस्

Bureau Menus