पेट्रोलको मूल्य ४ रुपैयाँले बढयो

२०८० चैत १८ आइतबार
रति ९:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल आयल निगमले आईतबार साँझ पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । 

आजै मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ दाम बढाएको आयल निगमले जनाएको छ । 

यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ ।

डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूख्य भने हेरफेर भएको छैन ।

आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको निगमले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 4%
  • 96%

प्रदेशलाई साक्षर बनाउन विश्वविद्यालयका स्वयँसेवी विद्यार्थी परिचालन गरिनेः मुख्यमन्त्री सिँह

  • २०८० चैत १८ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेश सरकारले प्रदेशमा साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने भएको छ ।  मुख्यमन्त्री सतिशकुमार सिँहले मधेशमा शिक्षाको वञ्चितिकरण र निरक्षरताको सँख्या गम्भीर समस्या बनेकाले गरीबी

पूरा पढ्नुहोस्

Bureau Menus