१० मिनेट नबित्दै नेपाली बिषयको प्रश्नपत्र आउट
समाजिक सँजाल र केही मिडियाहरुमा प्रश्नपत्र मधेश प्रदेशको सिरहाबाट आउट भएको दाबी गरिपनि कैयौँ मिडियामा रौतहट जिल्लाबाट आउट भएको उल्लेख छ । यद्यपी, त्यो प्रश्नपत्र कुन जिल्ला वा कुन सेन्टरबाट आउट भएको बारे यथार्थ विवरण आइनसकेको छ ।

२०८० चैत १६ शुक्रबार, बिहान १०:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिजोदेखि सुरु भएको एसईई परीक्षा अन्तर्गत दोस्रो दिन नेपाली विषयको प्रश्नपत्र १० मिनेटमै आउट भएको छ ।
चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको हो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको भने फोटोकापी पसलहरुमा समेत छयापछयापी पाइएको हो ।
समाजिक सँजाल र केही मिडियाहरुमा प्रश्नपत्र मधेश प्रदेशको सिरहाबाट आउट भएको दाबी गरिपनि कैयौँ मिडियामा रौतहट जिल्लाबाट आउट भएको उल्लेख छ । यद्यपी, त्यो प्रश्नपत्र कुन जिल्ला वा कुन सेन्टरबाट आउट भएको बारे यथार्थ विवरण आइनसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…