धनुषामा ११ बर्षिय बालिकालाई सौतेनी आमाले घाँटी थिचेर गरिन हत्या !
हत्यापछि सौतेनी आमा निर्षी देवी खेततर्फ भागेको तथा सोधपुछ गर्दा आफूलाई थाहा नभएको प्रतिक्रिया दिएकी हुन् । मृतक बालिकाको घाँटीमा नँग, निलडाम र नाकबाट रगत निस्केको देखिएको छ । प्रहरीले अनुसन्धान सुरु गरेको छ भने थप विवरण आउन बाँकी छ ।

२०८० चैत १३ मंगलबार, बेलुकी ६:१३ बजे१ मिनेट पढाइ

धर्मेन्द्र साह, जनकपुरधाम । धनुषामा एक बालिकालाई उनकै आमाले घाँटी थिचेर हत्या गरेको घटना बाहिरिएको छ ।
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ पर्वतास्थित घरमा एक्लै रहेकी बालिकालाई उनको सौतेली आमाले घाँटी थिचेर हत्या गरिदिएको स्थानीयहरुले जनाएको छ ।
पर्वता बस्ने स्थानीय बद्री महतोको छोरा राजकिशोर महतोकी ११ बर्षिय छोरी राधिका कुमारी महतोलाई घाँटी थिचेर हत्या गरेको अवस्थामा फेला परेको हो । अपरान्ह करिब ५ः३० बजेको समयमा घरमै हतया गरिएको अवस्थामा बालिका फेला परेकी हुन् ।
स्थानीयहरुका अनुसार, राजकिशोरले दुई बिहे गरेकोमा हत्या भएकी बालिकाको सौतेनी आमा भनिएकी निर्षी देवी महतोले नै हत्या गरी भागेको आरोप छ । स्थानीयहरुका अनुसार, बालिकाकी हजुरआमा सुरुजकला देवी सौतेनी आमा निर्षी देवी मिलेर हत्या गरेको हो । यद्यपी, यसको पुष्टि अझै भएको छैनन् ।
केही दिन अगाडी बैदेशिक रोजगारीमा खाडी मुलुक कामको शिलशिलामा रहँदै आएका मृतक बालिकाकी बुवा राजकिशोर महतोले विदेशबाट चकलेटको प्याकेट कोसेली पठाएका थिए । सोही चकलेटको लागि केही दिनदेखि निरन्तर घरमा दुवै सौतेनीबीच झै झगडा हुँदै आएको थियो ।
घरमा राधिकाकी आमा निर्मला देवी महतो नभएको अवस्थामा निर्षी देवीले घाँटी थिचेर हत्या गरेको स्थानीयहरुले बताएका छन् । अहिले ईलाका प्रहरी कार्यालय धनुषाधामबाट मुचुल्का टोली घटनास्थल पुगेको हो भने यसको बारेमा विस्तृत विवरण भने दिएको छैनन् ।
मृतक बालिकाकी आफ्नी आमा निर्मलादेवी धनुषाधाम वडा नं. ५ बस्ने नौयसविघा र सौतेनी आमा निर्षी देवी महोत्तरी प्रेमनगरकी हुन् ।
हत्यापछि सौतेनी आमा निर्षी देवी खेततर्फ भागेको तथा सोधपुछ गर्दा आफूलाई थाहा नभएको प्रतिक्रिया दिएकी हुन् । मृतक बालिकाको घाँटीमा नँग, निलडाम र नाकबाट रगत निस्केको देखिएको छ । प्रहरीले अनुसन्धान सुरु गरेको छ भने थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…