धनुषाको लालगढमा एक दिने निःशूल्क स्वास्थ्य शिविर, ५ सय बढीले सेवा लिए
विनय कुमार यादव | जनकपुरधाम, २७ जेठ । धनुषाको लालगढमा एक दिने निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीवन थापाको अध्यक्षता तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त निःशुल्क शिविरमा आँखा, दाँत र समान्य स्वास्थ्य चेकजाँच गरिएको हो । स्थानीय सुलभ बचत

२०७५ जेठ २७ आइतबार, बिहान ८:१३ बजे१ मिनेट पढाइ

विनय कुमार यादव |
जनकपुरधाम, २७ जेठ । धनुषाको लालगढमा एक दिने निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जीवन थापाको अध्यक्षता तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त निःशुल्क शिविरमा आँखा, दाँत र समान्य स्वास्थ्य चेकजाँच गरिएको हो ।

स्थानीय सुलभ बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको आयोजनामा बर्दिवास स्थित रहेको स्वस्तीका अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर सफलतापूर्वक सम्पनन गरिएको हो ।
विहान ८ः३० बजेदेखि बेलुका ५ बजेसम्म चलेको उक्त शिविरमा धनुषा र महोत्तरीका ५ सय बढी सर्वसाधारणहरुले सेवा लिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…