जनकपुरः होलीमा भयानक दुर्घटना, एक युवकको घटनास्थलमै मृत्यू, अर्काको अवस्था नाजुक !
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाका अनुसार, एक जनाको मृत्यू भएको र अर्काको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएको तथा मृत्यू बारे पुष्टि नभएको बताए । उनले यसको बारेमा थप विवरण पछि दिने जानकारी दिए ।

२०८० चैत १२ सोमबार, बेलुकी ७:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरदेखि केही दुरीमा रहेको धनुषाको नक्टाझिझमा मोटरसाईकललाई एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझस्थित आज अपरान्ह अस्पतालको एम्बुलेन्सले मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
अपरान्ह करिब ५ बजेको समयमा ढल्केवर–जनकपुर सडकखण्डमा ढल्केवरतर्फबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ प ८७१२ नम्बरको एम्बुलेन्सले मिथिला नगरपालिका वडा नं. ३ मार्धर बस्ने सरोज महतोले चलाएको मोटरसाईकललाई ठक्कर दिँदा घटनास्थलमै मृत्यू भएको हो ।
होलीमा रक्सीले मातेका सरोजले दाँयाबाँया नहेरिकनै सडक पार गर्न खोज्दा तीव्र गतिमा रहेको एम्बुलेन्सले ठक्कर दिएको स्थानीयहरुले जनाएको छ । ज ११ प १९९ नम्बरको मोटरसाईकलमा पछाडी बसेका जीतेन्द्र महतोको घटनास्थलमै मृत्यू भएको छ भने सरोज महतोको अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार सरोजको अवस्था अत्यन्त नाजुक रहेकोले बाँच्ने सम्भावना कम देखिएको थियो । यद्यपी, यसको पुष्टि प्रहरीले गरेनन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाका अनुसार, एक जनाको मृत्यू भएको र अर्काको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएको तथा मृत्यू बारे पुष्टि नभएको बताए । उनले यसको बारेमा थप विवरण पछि दिने जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…