मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

२०८० चैत ७ बुधबार
बेलुकी ७:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ ।

बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेका हुन ।

कार्यक्रममा राष्ट्रिय भुमि आयोगको जिल्ला समिति सदस्य कृषण लामा, वडाका सजिकरण समितिका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो । वर्षोदेखि भूमिहीन भएर बस्दै आएका जनताहरुले निस्सा पाउँदा खुशी व्यक्त गरेका छन् ।

निस्सा वितरण पश्चात अब केही दिनमै जग्गाको नाप जाँच गरी नियमानुसार प्रक्रिया पूरा गरी भूमिहीनहरुलाइ लालपुर्जा दिइने सेवा केन्द्रका फोकल पर्सन गणेश गुप्ताले जानकारी दिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

WorldLink को महेन्द्रनगर ईस्ट ब्रान्चद्वारा वीरेन्द्रबजार फुटबल टिमलाई जर्सी वितरण, टीम बिजयी

  • २०८० चैत ७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । महेन्द्रनगर ईस्ट ब्रान्चले वीरेन्द्रबजारका फुटबल खेलाडीहरूलाई टिम जर्सी वितरण गरेको छ । स्थानीय स्तरमा रहेका खेलाडीहरूको प्रतिभा र उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्यले महेन्द्रनगर ईस्ट ब्रान्चले फुटबल टिमका

पूरा पढ्नुहोस्

Bureau Menus