सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी
माडरको रक्सी तस्करी र राजस्व अपचलन प्रकरणमा सिरहाकै केही पत्रकारहरुले समेत सशस्त्र प्रहरीसँग सेटिँग गरी बचाउन गर्न खोजेको समाचारहरुले आंकलन गर्न सकिन्छ । सीमानाकाबाट हुने तस्करीको मुख्य जिम्मेवार सशस्त्र प्रहरी भएपनि मात्र नेपाल प्रहरीलाई लक्षित गर्न थालेपछि प्रशासन निकायकै कर्मचारीहरुले मिडिया र पत्रकारप्रति शंका जनाएको छ ।

२०८० चैत ७ बुधबार, बिहान १०:५२ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा स्थापित बिओपीको ड्युटी हुँदाहुँदै तस्करी व्यापक हुनु मिलोमत्तो प्रत्यक्ष संलग्नता पुष्टि हुन्छ ।
सिरहाको मुख्य नाका मानिने माडर नाकामा केही दिन अगाडी केही रक्सीको गोदाममा गरिएको छापामारीको क्रममा अवैद्य मदिराहरु फेला परेपछि भारत तस्करीको लागि राखिएको भनेर विभिन्न सँचारमाध्यमहरुमा समाचार प्रकाशित भएपनि तस्करी रोक्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीलाई उन्मुक्ति दिने प्रयास भईरहेको पाईयो ।
प्रस्तावित गुल्म (बिओपी) माडरका ईन्चार्ज डिएसपी राजु दाहाल कमाण्डको विभिन्न नाकाबाट दारु मात्र नभई अन्य वस्तुहरुको व्यापक तस्करी चलिरहेको सर्वविदितै छ । माडरसहित त्यस अन्तर्गत पर्ने माडर, पटेर्वा, बुधौरा, तप्सीबाबा, लगडी लगायतका नाकाहरुबाट दिनहुँ लाखौँको रक्सी पास हुने गरेको छ ।
सीमानाकाबाट हुने तस्करीको जिम्मेवार सशस्त्र प्रहरी हुँदाहुँदै सिरहाका केही पत्रकारहरुले मात्र नेपाल प्रहरीलाई लक्षित गर्दै सशस्त्र प्रहरीलाई उन्मुक्ति दिँदै बचाउ गर्न खोज्दा कति हदसम्म पत्रकारहरुको समेत मिलोमत्तो रहेको भनेर पुष्टि हुन्छ ।
सरकारको राजस्व अपचलन रोक्ने मुख्य जिम्मेवारी पाएको राजस्व कार्यालय, आन्तरिक राजस्व कार्यालयबाट जारी हुने स्टीकर के कति सँख्यामा उद्योगलाई प्रदान गरेको सम्बन्धमा अस्पष्ट हुनु सरकारी संयन्त्रको मिलोमत्तो पुष्टि हुन्छ । सिरहाको मिचैयास्थित रहेको शारदा डिस्ट्रीलरी दारु उद्योगलाई राजस्व कार्यालय लहानले के कति सँख्यामा स्टीकर प्रदान गरेको सन्दर्भमा आफैँ अस्पष्ट रहँदा कर्मचारीहरुको भ्रष्ट कर्ततु उजागर भएको छ ।
सिरहाको माडर नाका हातीको देखाउने दाँतको रुपमा भएपनि खाने दाँतको रुपमा अन्य नाकाहरु रहेका छन् । सिरहाको ठाढी देखि बरियारपट्टि लगायतका नाकाहरु तस्करी र तस्करको सँजीवनी नाका मानिएको छ । मँगलबार मात्र बिओपी माडरभन्दा करिब १०० मिटरको दुरीमा नेपाल प्रहरीले ६ लाख रुपैयाँ बराबरको भारतबाट आएको भन्सार छलीको अवैद्य कपडा बरामद गरेको हो ।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…