मेलानको १३ औं वार्षिकोत्सबमा रक्तदान, अस्पतालमै पुगी बिरामीलाई फलफूल वितरण
न्यूज ब्यूरो, सिरहा, २६ जेठ । सिरहाको लहानमा मेडिकल ल्यावोरेटर एशोसिएशन अफ नेपाल (मेलान) ले आफ्नो १३ औं वार्षिक स्थापना दिवसको अवसरमा रक्तदान तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ । मेलान जिल्ला कार्य समिति सिरहाका अध्यक्ष कृष्णदेव गुप्ताको अध्यक्षता तथा मेलान केन्द्रिय सदस्य विजय कुमार यादवको प

२०७५ जेठ २६ शनिबार, बेलुकी ५:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा, २६ जेठ । सिरहाको लहानमा मेडिकल ल्यावोरेटर एशोसिएशन अफ नेपाल (मेलान) ले आफ्नो १३ औं वार्षिक स्थापना दिवसको अवसरमा रक्तदान तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
मेलान जिल्ला कार्य समिति सिरहाका अध्यक्ष कृष्णदेव गुप्ताको अध्यक्षता तथा मेलान केन्द्रिय सदस्य विजय कुमार यादवको प्रमुख आतिथ्यमा लहान रेडक्रसको प्रांगणमा रक्दान कार्यक्रम सम्पन्न गरेको छ ।
त्यस्तै, राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा उपचार गराउन आएका विरामीहरुलाई अस्पतालका मेसु सुनिल कुशवाहको उपस्थितिमा फलफुल वितरण गरेको छ ।
कार्यक्रमा मेलानका सल्लाहकार चतुरानन्द यादव, उपाध्यक्ष प्रदिप यादव, कोषाध्यक्ष दिलिप साह , जिल्ला सदस्य वैजनाथ साह, विजय यादव, जयप्रकाश साह, महेश यादव लगायत मेडिकल ल्यावोरेटर एशोसिएशन अफ नेपालमा आवध युवायुवतीहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…