सिरहाको माडरस्थित लालूको गोदाममा राजश्वको छापामारी, भारी मात्रामा दारु बरामद, गोदाम सील
लालुका एक आफन्तका अनुसार, अहिले चोखो बन्न खोजेका पत्रकारहरुले महिनामा दुई पटक रकम लिएर जाने गरेको सुनाए । केही पत्रकारहरु बेलुकी ८ बजेदेखि बिहानसम्म प्रहरीको घुमुवा झैँ घुमेर रकम असुलेको प्रमाण राखेको बताए । नाम नखोल्ने शर्तमा उनले सबै भिडियोहरु प्रदान गर्ने पनि बताए । उनले पत्रकारहरुको मिर्चैया, लहान, गोलबजार, बिष्णुपुर, सुखिपुर, चोहर्बासम्मको आएको सुनाए ।

२०८० चैत ४ आइतबार, बेलुकी ७:३७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । तस्करीको अड्डा मानिएको सिरहाको माडर नाकामा तस्करहरुले राखिएको भारी मात्राको दारु बरामद गरिएको छ ।
सिरहा नगरपालिका वडा नम्बर १५ माडर बजारस्थित एक घरमा राजश्व छलीको दारु छापामारी गरी बरामद गरिएको हो । आन्तरिक राजश्व कार्यालय लहानको टोलीले गोदाममा छापामारी गरी भारी मात्राको दारु बरामद गरेको हो ।
भारततर्फ तस्करी गर्न गोदाममा राखिएको सौरभ ब्राण्डको दारुको कार्टनुहरु बरामद भएको छ । कार्टुनभित्र प्याक दारु भेटिएको आन्तरिक राजश्व कार्यालय लहानले जनाएको हो ।
माडरस्थित रहेको आशिष जेनरल स्टोरको गोदाममा छापा हानेपछि आन्तरिक राजस्व विभागले प्रदान गर्ने स्टिकरलाई सरोकारवालाको मिलेमतोमै दुई टुक्रा पारेर प्रयोग गरी उद्योगले राजस्व छली गर्दै आएको विशेष सूचनाका आधारमा राजस्वको टोली गोदाममा पुगेको थियो ।
गोलबजार नगरपालिका वडा नम्बर ९ स्थित सँचालनमा रहेको शारदा डिस्टिलरी दारु फ्याक्ट्रीबाट अवैध मदिरा भण्डारण गरिएको गरिएको बुझिएको छ ।
गोदामबाट शारदा डिस्टिलरीबाट उत्पादित दारुसहित ३२० कार्टुन मदिरा बरामद भएको छ । थप मदिरा कोठामा बन्द गरेर राखिएका कारण परिणाम यकिन भएको छैन । गोदामभित्र तीन हजार जति मदिराको कार्टुन हुनसक्ने अनुमान छ ।
आन्तरिक राजस्व कार्यालय लहानको प्रमुख पुन्य प्रसाद रिजालको नेतृत्वमा आएको टोलीले फाईल सहित राहुल जेनेरल स्टोर एण्ड सपलायर्स र आशिष् जेनेरल स्टोर एण्ड सप्लायर्सको संचालक ललन यादव र वकिल देव यादबको ६ वटा मदिरा गोदाममा सिल गरि ३२० कार्टून विभिन्न ब्राण्डको मदिरा बरामद गरेको हो । सो मदिरा अन्दाजी १२ लाख रुपैयाँ मूल्य बराबरको रहेको अनुमान गरिएको छ ।
लालु भन्ने ललन यादव र उनकै दाजु वकिल देव यादवलेले विगत लामो समय देखि स्थानिय प्रहरी प्रशासन र सिरहा उत्तरी बेल्टका केही नक्कली पत्रकारहरुको मिलोमतोमा रक्सी तस्करी गर्दै आएका थिए ।
लालु दाजुभाईसँग सिरहाका अधिकांश पत्रकारहरुले समेत महिनबारी उठाउँदै आएका थिए । बोर्डरमा डयुटी बस्ने प्रहरी प्रशासनको समेत प्रत्यक्ष मिलामत्तोमै राजश्व छली हुँदै आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…