सञ्चालकलाई गोली हानेर मनी ट्रान्सफर लुट्न खोज्ने ३ भारतीय पक्राउ
एसपी श्रेष्ठका अनुसार घटनास्थलबाट कटुवा पेस्तोल र १ थान गोली बरामद गरिएको छ ।श्रेष्ठले भारत विहारका मुनिस कुमार यादव, राजा कुमार पासवान र चन्द्रभान सिंहलाई पक्राउ गरिएको हो।

२०८० चैत २ शुक्रबार, बेलुकी ७:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको एक मनी ट्रान्सफरमा पेस्तोलसहित आएका व्यक्तिहरूले रकम लुटपाट गरेका छन् ।
रौतहट परोहा ९ मा रहेको शिव मनी ट्रान्सफरमा सञ्चालक २६ वर्षीय नितेश साहलाई गोली हानी लुटपाट गरिएको हो ।
कन्चटमा गोली लागेका साहलाई वीरगञ्जको न्यूरो अस्पतालमा उपचारका लागि लगिएको छ ।

लुटपाटमा संलग्न ३ जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू भारतीय नम्बर प्लेटको अपाची बाइकमा आएको प्रहरीको भनाइ छ ।
घटना लग्तै घटना स्थल पुगेका रौतहटका एसपी महेन्द्र श्रेष्ठले भारतबाट आएका ३ जनाले मनी ट्रान्सफरमा गोली चलाएर लुटपाट गरेको बताए । उनीहरुले ५२ लाख रुपैयाँ लुटेको बताईएको छ ।
एसपी श्रेष्ठका अनुसार घटनास्थलबाट कटुवा पेस्तोल र १ थान गोली बरामद गरिएको छ ।श्रेष्ठले भारत विहारका मुनिस कुमार यादव, राजा कुमार पासवान र चन्द्रभान सिंहलाई पक्राउ गरिएको हो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…