केटी पक्षले हैसियतभन्दा अधिक गहना मागेपछि उल्टै दाईजोको आरोप लगाइयोः दुल्हाकी आमा
पर्साको बिरगंज महानगरपालिका २४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीया छोरी रमिता कुमारीको विवाह बाराको कलैया उपमहानगरपालिका ४ सिनेमा चौक निवासी बच्चलाल साहका अन्दाजी २६ वर्षीय छोरा उमेश साहसँग फागुनमा २८ हुने तय भएकोे थियो । तर, बिहेको बेला भएको गहना विवादले विहे रद्द भएको जनाईएको छ ।

२०८० फागुन ३० बुधबार, बिहान ११:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । अहिले विभिन्न सँचारमाध्यम र समाजिक सँजालमा ट्रेन्डमा रहेको सुनको सिक्रीको लागि विहे रद्द गरेको घटनामा नयाँ मोड आएको छ ।
दुल्हा उमेश साहकी आमा राधिका देवी साह गोढले बिहेको क्रममा दाईजोको गलत आरोप लगाएको बताएकी छन् । उनले आफ्नो हैसियतभन्दा अधिक गहना मागेपछि विवाद भएको बताईएको छ ।
दाईजो लेनदेनको कुनै कुरा नभएको बताउँदै उनले केटी पक्षले मनगढन्ते कहानी बनाएर छोराको इज्जत प्रतिष्ठा नास गरेको बताएकी छन् । एक कुराकानीको क्रममा दुल्हा साहकी आमा राधिका देवी साहले बिहे गर्न जाँदा केटा पक्षबाट केटी पक्षको लागि जाने गरगहना मध्ये थप गहना मागेपछि मात्र विवाद भएको बताइन् ।
केटी पक्षले केटा पक्षलाई थप गहना दिनुपर्ने अडान राखेपछि मात्र विवाद भएको सुनाएकी छन् । विगत दुई बर्षदेखि दुल्हा र दुल्हीबीच प्रेम सम्बन्ध चल्दै आएको बताउँदै उनकी आमाले परिवारिक सहमतिमा विहेको कुरा भएको बताईन् । उनले प्रेम विवाह भएकै कारण कुनै दाईजो नमागेको पनि दाबी गरिन् ।
बिहेको बेला केटी पक्षले भने अनुसार गहना नल्याएको भन्दै उनका आफन्तहरुले हो हल्ला गरी उल्टै दाईजोको मुद्दा लगाएर पक्राउ गर्न लगाएको आरोप राधिका देवीको छ ।
उनले भनिन्, “यो त प्रेम विवाह थियो, हाम्रो हैसियतभन्दा अधिक गहना दुल्हीको लागि माग गरियो, हामीले समयमा दिन सकेनौँ, त्यतिबेला उनीहरुले उल्टै दिमाग लगाएर दाईजोको मुद्दामा फँसायो । तर, त्यस्तो केही छैन् ।”
पर्साको बिरगंज महानगरपालिका २४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीया छोरी रमिता कुमारीको विवाह बाराको कलैया उपमहानगरपालिका ४ सिनेमा चौक निवासी बच्चलाल साहका अन्दाजी २६ वर्षीय छोरा उमेश साहसँग फागुनमा २८ हुने तय भएकोे थियो । तर, बिहेको बेला भएको गहना विवादले विहे रद्द भएको जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…