जनकपुरको रत्नसागरमा युवतीको लास, सनाखत हुन सकेनन्
न्यूज ब्यूरो | जनकपुरधाम, २६ जेठ । प्रदेश नं. २ जनकपुरको रत्नसागरमा विहानै एक युवतीको लास भेटाएको छ । पोखरीमा युवतीको लास पानीमा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि तत्कालै प्रहरीलाई खवर गरेका थिए । जनकपुर उपमहानगरपालिका–८ स्थित रहेको रत्नसागर पोखरीमा अन्दाजी २१ बर्षिय युवतीको लास भेटाएको जिल्ला

२०७५ जेठ २६ शनिबार, दिउँसो ३:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २६ जेठ । प्रदेश नं. २ जनकपुरको रत्नसागरमा विहानै एक युवतीको लास भेटाएको छ ।
पोखरीमा युवतीको लास पानीमा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि तत्कालै प्रहरीलाई खवर गरेका थिए ।
जनकपुर उपमहानगरपालिका–८ स्थित रहेको रत्नसागर पोखरीमा अन्दाजी २१ बर्षिय युवतीको लास भेटाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । युवतीको सनाखत हुन सकेको छैन भने रातो कुर्ता र सलवार तथा गहँुगोरो हुलिया प्रहरीले जनाएको छ ।
स्थानीयहरुले समेत युवतीको लासलाई पहिचान गर्न नसकेपछि बाहिरबाट मारेर फालेको हुन सक्ने अथवा अन्य ठाउँबाट भाडामा बस्दै आएको हुनुपर्ने बताइएको छ ।
घटनाको अनुसन्धान प्रहरीले तीव्र रुपमा बढाएको छ भने युवतीको लासलाई जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टमको लागि ल्याएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…