१२ लाख नगद, ३ लाखको मोसा दाईजो लिएर पनि सिक्रिको लागि विवाह तोडने दुल्हा प्रहरी फन्दामा
प्रहरी उपरीक्षक ढुङ्गेलले भने, ‘दाइजोलाई सामान्य उपहार जस्तो बुझिन्छ। उपहार त दिए पनि हुन्छ, नदिए पनि हुन्छ। तर, दाइजो त सदियौँदेखि समाजमा जरा गाडेर बसेको छ।’

२०८० फागुन २९ मंगलबार, दिउँसो १२:४८ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, वीरगँज । बेहुली पक्षसँग १२ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँको मोटरसाईकल (मोसा) लिएर पनि सिक्रीको लागि विवाह तोडने एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
यत्रो दाईजो लिएपनि सुनको सिक्रिको लागि विवाह भाँडेका वीरगँज महानगरपालिकाका करार कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार राति विवाह नै रोकेपछि प्रहरीले उनलाई मंगलबार बिहानै २ बजे पक्राउ गरेको छ। बेहुली पक्षले प्रहरीलाई उजुरी दिएपछि बेहुला पक्राउ हुन्।
वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरेको भन्दै बेहुली पक्षले राती नै उजुरी गरेपछि उनलाई पक्राउ गरिएको हो ।
बारा कलैया उपमहानगरपालिका वडा नम्बर ४ सिनेमा चौक बस्ने साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको अौठी र हनुमानको माला पाइसकेपछि पनि गए राति मण्डपमा सुनको सिक्री नपाएपछि बिहे नै रोकिदिएर जन्ती फिर्ता लगेका थिए।
विवाह मण्डप बनिसकेको थियो। आफन्तलगायत सबै बेहुलासहित आएको जन्तीदेखि खुसी बनेका थिए। वरमाला तथा विवाहको सुरुवाती रिवाज मधेसको समुदाय तिर हुने (पर्छावन) भइसक्दा अब बिहेका लागि बेहुला मण्डपमा पुग्दा विभिन्न प्रकारका बहाना बनाउँदै करिब २ बजे राति बेहुला साहले बिहे नगर्ने आलटाल गर्न लागेको केटी पक्षको भनाई छ।
पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको विवाह बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक निवासी बच्चलाल साहका अन्दाजी २६ वर्षीय छोरा उमेश साहसँग फागुनमा २८ हुने तय भएको थियो।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…