मुखियापट्टि मुसरनियाँ गाउँपालिकामा FREE WIFI जडानको सम्झौता, जेठमहिनादेखि चल्नेः अध्यक्ष यादव
सम्झौताअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले पालिकाभर ४८ स्थानमा ‘एक्सेस प्वाइन्ट ९एपी०’ जडान गर्नेछ।प्रति एपीमार्फत एकैपटक कम्तीमा ८ सय मोबाइल प्रयोगकर्ताले इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन् ।

२०८० फागुन २८ सोमबार, बेलुकी ७:४५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको सीमावर्ती पालिका मुखियापट्टि मुसरनीयाँ गाउँपालिकामा निःशुल्क इन्टरनेट जडानको लागि सम्झौता गरेको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुसँग मुखियापट्टी मुसरनियाँ गाउँपालिकाले गाउँपालिकावासीको लागि निःशुल्क इन्टरनेट (वाईफाई) जडान गरेर दिने सम्झौता गरेको गाउँपालिका अध्यक्ष जयकुमार यादवले बताए ।
यादवका अनुसार सुबिसु केवल नेटसँग सम्झौता भई आगामी बर्ष २०८१ को जेठ महिनासम्म इन्टरनेट जडान गरी गाउँपालिकावासीलाई लाभ दिने बताए ।
केही दिनअघि गाउँपालिकाले निकालेको ई–बिडिङमा इन्टरनेट सेवा जडान गर्न सुबिसुले ठेक्का हात पारेको छ । सम्झौता भएसँगै सुबिसुले इन्टरनेटसेवा जडानका लागि आफ्नो प्राविधिक काम अगाडि बढाएको छ ।
चुनावको बेला ‘फ्रि वाइफाइ’ उपलब्ध गराउने मतदातासँग गरेको वाचाअनुसार यो प्रक्रिया अगाडि बढाइएको अध्यक्ष जयकुमार यादवले बताए ।
उनले ‘फ्रि वाइफाइ’ सेवा सञ्चालनमा आएसँगै गाउँपालिकाका सबै वडावासीले पैसा खर्च नगरी इन्टरनेटको सुविधा उपयोग गर्न पाउने भनेका छन ।
‘फ्रि वाइफाइ’ उपलब्ध भएसँगै इन्टरनेट प्रयोग गर्न पालिकावासीले डेटा खरिद गर्न गरिरहेको खर्च बचत हुने अध्यक्ष यादवले बताए । उनले ‘फ्रि वाइफाइ’ योजनाअन्तर्गत एकैपटक २० देखि २५ हजार मोबाइल प्रयोगकर्ताले इन्टरनेट सेवा प्रयोग गर्न पाउने छन ।
अध्यक्ष यादवले भने, २० देखि २५ हजार मोबाइल फोन प्रयोगकर्ताले यो सेवा उपयोग गर्नसक्ने गरी ‘फ्रि वाइफाइ’ जडान गर्दैछौं । एउटा प्रयोगकर्ताले डेटा खरिद गर्न औसतमा मासिक ४ सय देखि ५ सय रूपैयाँ खर्च गर्छन् ।
निःशुल्क इन्टरनेट उपलब्ध भए वार्षिक कम्तीमा १ करोडबढी रकम बचत हुन्छ । यो पालिकावासीको बचत हुनेछ । ‘फ्रि वाइफाइ’ सेवा जडान भएर सञ्चालनमा आउँदा विद्यार्थीहरूलाई इन्टरनेटको माध्यमबाट ज्ञान हासिल गर्न सहज हुने उनले बतााए ।
गाउँपालिका अध्यक्षमा निर्वाचित भएसँगै ‘फ्रि वाइफाइ’ सेवा जडान गर्न पहल गरे पनि वाधा अड्चन आएको बताउँदै अध्यक्ष यादवले अहिले आएर यो कार्यान्वयनमा आउन थालेपछि आफूलाई खुसी लागेको बताए ।
सम्झौताअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले पालिकाभर ४८ स्थानमा ‘एक्सेस प्वाइन्ट (AP) जडान गर्नेछ। प्रति एपीमार्फत एकैपटक कम्तीमा ८ सय मोबाइल प्रयोगकर्ताले इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन् ।
डिपिआरमा ४१ एपी आवश्यक देखिए पनि इन्टरनेटको सहज उपलब्धताका लागि ४८ स्थानमा जडान गर्न लागिएको अध्यक्ष यादवले बताए ।
४५ दिनभित्र एपी जडानसहित सम्पूर्ण प्राविधिक कार्य पूरा गरेर जेठ १ गतेबाट ‘फ्रि वाइफाइ’ सेवा उपलब्ध गराउने लक्ष्य इन्टरनेट प्रदायक संस्था सुबिसुले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…