मुखियापट्टि मुसरनियाँ गाउँपालिकामा FREE WIFI जडानको सम्झौता, जेठमहिनादेखि चल्नेः अध्यक्ष यादव

२०८० फाल्गुण २८ सोमबार
बेलुकी ७:४५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको सीमावर्ती पालिका मुखियापट्टि मुसरनीयाँ गाउँपालिकामा निःशुल्क इन्टरनेट जडानको लागि सम्झौता गरेको छ । 

इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुसँग मुखियापट्टी मुसरनियाँ गाउँपालिकाले गाउँपालिकावासीको लागि निःशुल्क इन्टरनेट (वाईफाई) जडान गरेर दिने सम्झौता गरेको गाउँपालिका अध्यक्ष जयकुमार यादवले बताए । 

यादवका अनुसार सुबिसु केवल नेटसँग सम्झौता भई आगामी बर्ष २०८१ को जेठ महिनासम्म इन्टरनेट जडान गरी गाउँपालिकावासीलाई लाभ दिने बताए । 

केही दिनअघि गाउँपालिकाले निकालेको ई–बिडिङमा इन्टरनेट सेवा जडान गर्न सुबिसुले ठेक्का हात पारेको छ । सम्झौता भएसँगै सुबिसुले इन्टरनेटसेवा जडानका लागि आफ्नो प्राविधिक काम अगाडि बढाएको छ ।

चुनावको बेला ‘फ्रि वाइफाइ’ उपलब्ध गराउने मतदातासँग गरेको वाचाअनुसार यो प्रक्रिया अगाडि बढाइएको अध्यक्ष जयकुमार यादवले बताए ।

उनले ‘फ्रि वाइफाइ’ सेवा सञ्चालनमा आएसँगै गाउँपालिकाका सबै वडावासीले पैसा खर्च नगरी इन्टरनेटको सुविधा उपयोग गर्न पाउने भनेका छन ।

‘फ्रि वाइफाइ’ उपलब्ध भएसँगै इन्टरनेट प्रयोग गर्न पालिकावासीले डेटा खरिद गर्न गरिरहेको खर्च बचत हुने अध्यक्ष यादवले बताए । उनले ‘फ्रि वाइफाइ’ योजनाअन्तर्गत एकैपटक २० देखि २५ हजार मोबाइल प्रयोगकर्ताले इन्टरनेट सेवा प्रयोग गर्न पाउने छन ।

अध्यक्ष यादवले भने, २० देखि २५ हजार मोबाइल फोन प्रयोगकर्ताले यो सेवा उपयोग गर्नसक्ने गरी ‘फ्रि वाइफाइ’ जडान गर्दैछौं । एउटा प्रयोगकर्ताले डेटा खरिद गर्न औसतमा मासिक ४ सय देखि ५ सय रूपैयाँ खर्च गर्छन् ।

निःशुल्क इन्टरनेट उपलब्ध भए वार्षिक कम्तीमा १ करोडबढी रकम बचत हुन्छ । यो पालिकावासीको बचत हुनेछ । ‘फ्रि वाइफाइ’ सेवा जडान भएर सञ्चालनमा आउँदा विद्यार्थीहरूलाई इन्टरनेटको माध्यमबाट ज्ञान हासिल गर्न सहज हुने उनले बतााए ।

गाउँपालिका अध्यक्षमा निर्वाचित भएसँगै ‘फ्रि वाइफाइ’ सेवा जडान गर्न पहल गरे पनि वाधा अड्चन आएको बताउँदै अध्यक्ष यादवले अहिले आएर यो कार्यान्वयनमा आउन थालेपछि आफूलाई खुसी लागेको बताए ।

सम्झौताअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले पालिकाभर ४८ स्थानमा ‘एक्सेस प्वाइन्ट (AP) जडान गर्नेछ। प्रति एपीमार्फत एकैपटक कम्तीमा ८ सय मोबाइल प्रयोगकर्ताले इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन् ।

डिपिआरमा ४१ एपी आवश्यक देखिए पनि इन्टरनेटको सहज उपलब्धताका लागि ४८ स्थानमा जडान गर्न लागिएको अध्यक्ष यादवले बताए ।

४५ दिनभित्र एपी जडानसहित सम्पूर्ण प्राविधिक कार्य पूरा गरेर जेठ १ गतेबाट ‘फ्रि वाइफाइ’ सेवा उपलब्ध गराउने लक्ष्य इन्टरनेट प्रदायक संस्था सुबिसुले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'

  • २०८० फाल्गुण २८ सोमबार
  • ईन्द्रजीत गोईत

हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी

पूरा पढ्नुहोस्

Bureau Menus