धनुषामा मोटरसाईकल रुखमा ठोकिएर एक जनाको मृत्यु
न्यूज ब्यूरो | जनकपुरधाम, २६ जेठ । धनुषामा मोटरसाईकल रुखमा ठोकिएर एक जनाको मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका–६ भक्तिपुरस्थित रहेको वाईर फ्याक्ट्री नजिक मोटरसाईकल अनियन्त्रित भई राजमार्ग छेउकै आँपको रुखमा ठोकिदाँ ज.६.प. २९१० नम्बरको मोटरसाईकल चालकको मृत्यु भएको हो । मृ

२०७५ जेठ २६ शनिबार, बिहान ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २६ जेठ । धनुषामा मोटरसाईकल रुखमा ठोकिएर एक जनाको मृत्यु भएको छ ।
जनकपुर–ढल्केवर सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका–६ भक्तिपुरस्थित रहेको वाईर फ्याक्ट्री नजिक मोटरसाईकल अनियन्त्रित भई राजमार्ग छेउकै आँपको रुखमा ठोकिदाँ ज.६.प. २९१० नम्बरको मोटरसाईकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका वडा नं–६ ढल्केवरका रामउदगार महतोको ३० बर्षिय छोरा नरेन्द्र महतो रहेको छ ।
शुक्रवार जनकपुर देखि पसलका लागि समान ढल्केवर तर्फ लिएर आउँदै गर्दा महतोले चलाउँदै गरेको मोटरसाईकल अनियन्त्रित भई राजमार्ग छेउकै आपको रुखमा ठोकिएपछि उनी गम्भिर घाइते भएको थियो ।
गम्भिर घाईते भएको महतोलाई उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…