जनकपुरमा मनि मिराजको कार्यक्रम भए आयोजकलाई जुत्ताचप्पलले कुटछौँः हिन्दु सम्राट सेना

२०८० फाल्गुण २१ सोमबार
बेलुकी ६:०४ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आयोजन हुन लागेको मनि मिराज टोलीको मनोरञ्जनात्मक कार्यक्रमका आयोजकलाई हिन्दु सम्राट सेनाले कुटपिटको खुल्ला धम्की दिएका छन् । 

हिन्दु सम्राट सेनाकी सदस्य लक्ष्मी साहले जनकपुरको तिरहुतिया गाछीमा आउँदो चैत्त ७ गते हुने भनिएको 'भोजपुरी महोत्सव' का आयोजकलाई जुत्ता चप्पल प्रहार गर्ने धम्की दिएकी हुन् । मनि मिराजको टिमले भिडियोमा अभद्रता, अश्लिलता प्रदर्शन गर्दै आएको भन्दै जनकपुरधाम जस्तो ठाउँमा त्यस्तो कार्यक्रम हुन नदिने धम्की दिएको हो । 

जनकपुरस्थित भैरव युवा कमिटीको आयोजन तथा यश सिनेमाको समन्वयमा चैत्त ७ गते हुन लागेको भोजपुरी महोत्सवमा मनि मिराजको टिम आउन लागेपछि उनीहरुले बहिष्कार गर्ने बताउँदै कुटपिटको धम्की भिडियो मार्फत दिएको हो । 

मनि मिराज भारत बिहारका कलाकार हुन् । समाजिक सँजालमा उनीहरुको टीम हाँस्य व्यँग कार्यक्रमले चर्चामा रहने गरेको छ । गाली गलौज र अभद्रताले भरिएको उनीहरुको कार्यक्रम समाजिक सँजालमा हेर्नेको सँख्या पनि भारी हुन्छ । उनीहरुको भिडियो र कार्यक्रमले यहाँका समाज सँस्कृतिमा नाकारात्मक असर पार्दै आएको छ । खास गरी बच्चाहरु मनोरञ्जनको लागि उनको भिडियो हेरिरहेको पाईएको छ । 

हिन्दु सम्राट सेना जनकपुरकी सदस्य लक्ष्मी साहले एक भिडियो नै सार्वजनिक गरी खुल्ला धम्की दिएकी हुन् । उनले अश्लिलता बाँडने कार्यक्रम गर्न नदिने बताएकी हुन् । यद्यपी, उनलाई “मुस्लिम फोबिया” भएको कारण यस्तो गरेको हुनुपर्ने आरोप लगाईएको छ । 

मनि मिराजभन्दा अगाडी जनकपुरमा कैयौँ अश्लिल, भद्दा कार्यक्रहरुको आयोजना भएपनि हिन्दु सम्राट चुईक्क नबोलेको अवस्थामा कलाकारलाई समेत समुदायिक हिसाबले हेर्दै बायकट र आयोजकलाई कुटपिटको धम्की दिएको टिकाटिप्पणी गरिएको छ । 

यता, आयोजक समितिका श्रवण मण्डलले भने जनकपुरमा मनि मिराजको टीमले कुनै पनि अश्लिल गायन, नृत्य वा कमेडी नगर्ने दाबी गरे । उनले जनकपुर जस्तो क्षेत्रमा प्रथम पटक भोजपुरी महोत्सव गराउन लागेको र यसले जनकपुरको विकासमा समेत टेवा पुग्ने बताउँदै जनकपुरको गरिमा कायम राख्दै कार्यक्रम हुने बताए । 

उनले कार्यक्रमको क्रममा त्यस्ता केही उच्छृँगल, अश्लिल भए कारवाही गरे स्वीकार हुने बताए । यता, हिन्दु सम्राट सेनाको धम्कीपूर्ण भिडियोलाई अराजक भनिएको छ । समाजिक सँजालमा खुल्ला रुपमा कुनै आयोजकलाई धम्की दिनु गैर समाजिक र अराजक रहेको समाजिक सँजालमै टिकाटिप्पणी गरिएको हो । 

आयोजकले प्रहरी प्रशासनको सहमति लिएर कार्यक्रम गर्न लागेको भन्दै त्यस्ता गतिविधि गरिए प्रशासनले तह लगाउने चेतावनी समेत दिएको हो । 

  • 1%
  • 47%
  • 8%
  • 0%
  • 0%
  • 29%

भारतीय ह्याकरद्धारा संघीय सँसदको वेभसाइट ह्याक, लेख्यो -'Stop Supporting China'

  • २०८० फाल्गुण २१ सोमबार

न्यूज ब्यरो, जनकपुरधाम ।  पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेभसाइटमा निरन्तर ह्याकरले पहुँच पु¥याइरहेका छन् । बिहीबार

पूरा पढ्नुहोस्

Bureau Menus