जनकपुरमा मनि मिराजको कार्यक्रम भए आयोजकलाई जुत्ताचप्पलले कुटछौँः हिन्दु सम्राट सेना
मनि मिराजभन्दा अगाडी जनकपुरमा कैयौँ अश्लिल, भद्दा कार्यक्रहरुको आयोजना भएपनि हिन्दु सम्राट चुईक्क नबोलेको अवस्थामा कलाकारलाई समेत समुदायिक हिसाबले हेर्दै बायकट र आयोजकलाई कुटपिटको धम्की दिएको टिकाटिप्पणी गरिएको छ ।

२०८० फागुन २१ सोमबार, बेलुकी ६:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आयोजन हुन लागेको मनि मिराज टोलीको मनोरञ्जनात्मक कार्यक्रमका आयोजकलाई हिन्दु सम्राट सेनाले कुटपिटको खुल्ला धम्की दिएका छन् ।
हिन्दु सम्राट सेनाकी सदस्य लक्ष्मी साहले जनकपुरको तिरहुतिया गाछीमा आउँदो चैत्त ७ गते हुने भनिएको 'भोजपुरी महोत्सव' का आयोजकलाई जुत्ता चप्पल प्रहार गर्ने धम्की दिएकी हुन् । मनि मिराजको टिमले भिडियोमा अभद्रता, अश्लिलता प्रदर्शन गर्दै आएको भन्दै जनकपुरधाम जस्तो ठाउँमा त्यस्तो कार्यक्रम हुन नदिने धम्की दिएको हो ।
जनकपुरस्थित भैरव युवा कमिटीको आयोजन तथा यश सिनेमाको समन्वयमा चैत्त ७ गते हुन लागेको भोजपुरी महोत्सवमा मनि मिराजको टिम आउन लागेपछि उनीहरुले बहिष्कार गर्ने बताउँदै कुटपिटको धम्की भिडियो मार्फत दिएको हो ।
मनि मिराज भारत बिहारका कलाकार हुन् । समाजिक सँजालमा उनीहरुको टीम हाँस्य व्यँग कार्यक्रमले चर्चामा रहने गरेको छ । गाली गलौज र अभद्रताले भरिएको उनीहरुको कार्यक्रम समाजिक सँजालमा हेर्नेको सँख्या पनि भारी हुन्छ । उनीहरुको भिडियो र कार्यक्रमले यहाँका समाज सँस्कृतिमा नाकारात्मक असर पार्दै आएको छ । खास गरी बच्चाहरु मनोरञ्जनको लागि उनको भिडियो हेरिरहेको पाईएको छ ।
हिन्दु सम्राट सेना जनकपुरकी सदस्य लक्ष्मी साहले एक भिडियो नै सार्वजनिक गरी खुल्ला धम्की दिएकी हुन् । उनले अश्लिलता बाँडने कार्यक्रम गर्न नदिने बताएकी हुन् । यद्यपी, उनलाई “मुस्लिम फोबिया” भएको कारण यस्तो गरेको हुनुपर्ने आरोप लगाईएको छ ।
मनि मिराजभन्दा अगाडी जनकपुरमा कैयौँ अश्लिल, भद्दा कार्यक्रहरुको आयोजना भएपनि हिन्दु सम्राट चुईक्क नबोलेको अवस्थामा कलाकारलाई समेत समुदायिक हिसाबले हेर्दै बायकट र आयोजकलाई कुटपिटको धम्की दिएको टिकाटिप्पणी गरिएको छ ।
यता, आयोजक समितिका श्रवण मण्डलले भने जनकपुरमा मनि मिराजको टीमले कुनै पनि अश्लिल गायन, नृत्य वा कमेडी नगर्ने दाबी गरे । उनले जनकपुर जस्तो क्षेत्रमा प्रथम पटक भोजपुरी महोत्सव गराउन लागेको र यसले जनकपुरको विकासमा समेत टेवा पुग्ने बताउँदै जनकपुरको गरिमा कायम राख्दै कार्यक्रम हुने बताए ।
उनले कार्यक्रमको क्रममा त्यस्ता केही उच्छृँगल, अश्लिल भए कारवाही गरे स्वीकार हुने बताए । यता, हिन्दु सम्राट सेनाको धम्कीपूर्ण भिडियोलाई अराजक भनिएको छ । समाजिक सँजालमा खुल्ला रुपमा कुनै आयोजकलाई धम्की दिनु गैर समाजिक र अराजक रहेको समाजिक सँजालमै टिकाटिप्पणी गरिएको हो ।
आयोजकले प्रहरी प्रशासनको सहमति लिएर कार्यक्रम गर्न लागेको भन्दै त्यस्ता गतिविधि गरिए प्रशासनले तह लगाउने चेतावनी समेत दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…