डाक्टरको लापरवाहीले सुत्केरीको ज्यानगएपछि छानबिन टोली गठन, पीडितले उठाए लास
न्यूज ब्यूरो | जनकपुरधाम, २५ जेठ । जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापरवाहीले सुत्केरीको ज्यान गएको घटनापछि छानबीन समिति गठन गरिएको छ । छानविन गर्ने टोली गठन पश्चत पीडित परिवारले शव बुझेको छ । सुत्केरी गराउन जनकपुर जनकपुर अञ्चल अस्पतालमा बिहीबार विहान भर्ना भएकी जनकपुर उपमहानगरपालिका १ पुलचोककी २५ व

२०७५ जेठ २५ शुक्रबार, राति १०:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २५ जेठ । जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापरवाहीले सुत्केरीको ज्यान गएको घटनापछि छानबीन समिति गठन गरिएको छ ।
छानविन गर्ने टोली गठन पश्चत पीडित परिवारले शव बुझेको छ । सुत्केरी गराउन जनकपुर जनकपुर अञ्चल अस्पतालमा बिहीबार विहान भर्ना भएकी जनकपुर उपमहानगरपालिका १ पुलचोककी २५ वर्षकी सोनियादेवी ठाकुरको अस्पतालका प्रसुति रोग विशेषज्ञ डा. धिरेन्द्र साहले त्रुटिपूर्ण सल्यक्रिया गरेपछि शुक्रबार विहान मृत्यु भएको थियो ।

त्यसपछि पीडित परिवारजनले सल्यक्रिया गर्ने चिकित्सकलाई कार्वाहीको माग गर्दै मृतक सोनियाको शव बुझ्न मानेका थिएनन् ।
सोनियाको मृत्यु पश्चात अस्पताल तनाव ग्रस्त बनेको थियो । दिउँसो बसेको अस्पताल पक्ष र पीडित पक्ष लगायत ,बुद्धिजिवीको बैठकले घटनालाई छानविन गर्न जनकपुर अञ्चल अस्पतालका डा. रामनरेश पण्डितको नेतृत्वमा ११ सदस्य छानविन टोली गठन गरेको छ । टोलीमा पीडित परिवारको तर्फबाट पनि भरभलादमी र चिकित्सक गरी पाँचजा छन् ।
टोलीले एकसाता भित्र प्रतिवेदन बुझाउने सहमति पनि भएको छ । प्रतिवेदनको अधारमा घटनामा दोषी ठहरिने चिकित्सकलाई कर्वाही र मृतक परिवारलाई उचित क्षतिपुर्ति दिइने सहमति पश्चात पीडित परिवारले सोनियाको शव उठाएका हुन् ।
केही वर्ष अघि समेत चिकित्सक साहको लापरवाहीले एक सुत्केरीको ज्यान गएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…