जनकपुरमा भयानक दुर्घटना, स्कूल बसले दुई महिलालाई किचेपछि मृत्यू, आधादर्जन घाईते !
जनकपुर– जलेश्वर सडक खण्डको बिन्धिमा प्र २–०२–००१ क ०४३१ नम्बरको एंजल्स स्कुलको बस तीव्र गतिमा चलाएपछि दुर्घटना भएको हो । दुर्घटनामा १ बच्चा सहित ५ जना महिलाहरु घाइते भएको प्रहरीले जनाएको छ ।

२०८० फागुन २० आइतबार, दिउँसो १:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित स्कूल बसले ठक्कर दिँदा दुई महिलाको मृत्यू भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बिन्धीस्थित ओभर स्पीड रहेको जनकपुरस्थित एन्जल्स स्कूलको बसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै र अर्किको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।
आज (आईतबार) बिहान १०ः३० बजेको समयमा जनकपुरधाम–जलेश्वर सडक खण्ड अन्तर्गत बिन्धीस्थित एन्जल्स बोर्डिँग स्कूलको ओभरस्पीड बसले महिलामाथि चढेपछि दुई महिलाको मृत्यू भएको हो ।
सोही दुर्घटनामा पाँच जना घाईते भएको प्रहरीले जनाएको छ । बिहेको लागि हुने मटकोर विधिको लागि माटो ल्याउन गइरहेकी महिलाहरुको समूहमाथि नै स्कूल बस चढेपछि किचिएर दुई महिलाको मृत्यू भएको हो ।
सो घटनामा एक जनाको अवस्था गम्भिर रहेको बताईएको छ । मृत्यू हुनेमा अन्दाजी बर्ष ३६ की राखी देवी यादव र देवकली देवि साहको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सँचारले जनाएको हो ।
घटना पश्चात स्थानियले एम्वुलेन्स बोलाएर आ आफनो हिसावले घाइतेलाई अस्पताल पुरयाएकाले एकिन भन्न सक्ने अवस्था नरहेको प्रहरीको भनाई छ ।
जनकपुर– जलेश्वर सडक खण्डको बिन्धिमा प्र २–०२–००१ क ०४३१ नम्बरको एंजल्स स्कुलको बस तीव्र गतिमा चलाएपछि दुर्घटना भएको हो । दुर्घटनामा १ बच्चा सहित ५ जना महिलाहरु घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि आक्रोषितहरु बसमा तोडफोड गरेको छ । स्थिति नियन्त्रणमा राख्न प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…