केन्द्रबाट थप योजना ल्याउन जाँदा कामकाजमा ढिलाई भयोः अधिकृत मिश्र
सोही क्रमममा कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवले समेत नगरपालिकामा थप योजनाको लागि प्रक्रियागत हुँदा योजना सँचालनमा ढिलाई भएको बताए । उनले विभिन्न वडाहरुलाई समेत कडा निर्देशन दिइ यथाशिघ्र योजना पेश गर्न भनिएपनि अझै योजनाहरु नआउँदा कार्य सँचालनमा समस्या भएको बताए । उनले आईतबारसम्म सबै वडाको योजना पेश भईसक्ने बताए ।

२०८० फागुन १८ शुक्रबार, बिहान ९:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सँतोष मिश्रले नगरपालिकामा केन्द्रीय योजना ल्याउनको लागि कसरत गर्दा योजना सँचालनमा ढिलाई भएको बताएका छन् ।
विगत केही दिनदेखि काठमान्डौँस्थित नगरपालिकाको लागि नयाँ योजनाहरु पेश गर्नुपर्ने हुँदा यहाँ कार्य सँचालनमा ढिलाई भएको बताएका छन् । उनले कमला नगरपालिकाका सबै वडाध्यक्षहरुलाई तोकिएको मितिभित्रै योजना पेश गर्न आग्रह गरेपनि समयमा योजना पेश नहुँदा समेत सँचालनमा ढिलाई भएको बताए ।
अधिकृत मिश्रका अनुसार, कमला नगरपालिकाको विभिन्न वडाबाट योजनाहरु पेश भई सुत्रमा ईन्ट्री समेत भईसकेको छ । केही वडाबाट अझै योजना पर्खिरहेको कारण योजना सँचालनमा ढिलाई भएको हो ।
उनले भने, “हामीले पाएको बजेटसहित केन्द्रको विभिन्न मन्त्रालयबाट थप योजनाको लागि प्रयासरत छौँ, त्यसको लागि केही दिन राजधानी बस्नुपर्ने बाध्यता भयो । कर्मचारीहरु आएकै हुन् । योजना पेश भएलगत्तै कमला नगरपालिकामा कार्य सँचालनले तिव्रता लिनेछ यसमा ढुक्क हुनुस् ।”
सोही क्रमममा कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवले समेत नगरपालिकामा थप योजनाको लागि प्रक्रियागत हुँदा योजना सँचालनमा ढिलाई भएको बताए । उनले विभिन्न वडाहरुलाई समेत कडा निर्देशन दिइ यथाशिघ्र योजना पेश गर्न भनिएपनि अझै योजनाहरु नआउँदा कार्य सँचालनमा समस्या भएको बताए । उनले आईतबारसम्म सबै वडाको योजना पेश भईसक्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…