राराब कलेजमा पैसासहित रँगेहात पक्राउ परेका प्राध्यापकलाई बचाउने प्रयास भयोः लोविसंघ
सोही विज्ञप्तिहरुलाई खण्डन गर्दै लोविसँघले असुलिएको पैसासहित रँगेतहात पक्राउ परेका शिक्षकलाई बचाउने प्रयास गरेको भन्दै खेद प्रकट गरेको हो । लोविसंघका राराब ईकाई अध्यक्ष अजय कुमार पण्डितले जारी गरेको विज्ञप्तिमा आगामी दिनमा समेत विद्यार्थीहरुसँग हुने यस्तो व्यवहार र अवैद्य असुली विरुद्ध प्रतिकार गर्ने चेतावनी दिएको हो ।

२०८० फागुन १६ बुधबार, राति ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको राराबमा विद्यार्थीहरुबाट अवैद्य असुली गरेको आरोपमा दुरव्यवहार खेपेका कलेजका प्राध्यापक डा. सुशिल यादवको पक्षमा प्रध्यापक संघले निकालेको विज्ञप्तिप्रति लोकतान्त्रिक विद्यार्थी सँघले आपत्ति जनाएको हो ।
प्राध्यापक यादवले विद्यार्थीसँग २ हजार रुपैयाँ लिँदालिँदै रँगेहात भेटाएपनि उनको बचाउमा वैचारिक सँघ, राराब प्राध्यापक सँघ, कर्मचारी सँघले बचाउको लागि निकालेको विज्ञप्तिप्रति खेद प्रकट गर्दै सुधार गर्नुको साटो मनोबल गिराएको आरोप छ ।
.jpeg)
रकम लिएको र लोविसंघले ठाउँको ठाउँ जनकारवाही गरेको क्रममा यसलाई अन्यथा लिँदै गलत प्रचारवाजी गरेको भन्दै यस्तो नगर्न आग्रह गरेको हो । विभिन्न सँगठनहरुले प्राध्यापक यादवलाई बचाउने प्रयास गरेको भन्दै खेद प्रकट गरेको हो ।
त्रिवि प्रजातान्त्रिक कर्मचारी सँघ, राराब क्याम्पस कर्मचारी सँघ ईकाई समिति, त्रिभुवन विश्वविद्यालय प्राध्यापक सँघ र प्रजातान्त्रिक प्रध्यापक सँघले लोविसँघका सदस्यहरुले प्रध्यापक यादवप्रति गरेको व्यवहारलाई आपत्तिजनक र चरित्र हत्याको सँज्ञा दिएको हो ।

सोही विज्ञप्तिहरुलाई खण्डन गर्दै लोविसँघले असुलिएको पैसासहित रँगेतहात पक्राउ परेका शिक्षकलाई बचाउने प्रयास गरेको भन्दै खेद प्रकट गरेको हो । लोविसंघका राराब ईकाई अध्यक्ष अजय कुमार पण्डितले जारी गरेको विज्ञप्तिमा आगामी दिनमा समेत विद्यार्थीहरुसँग हुने यस्तो व्यवहार र अवैद्य असुली विरुद्ध प्रतिकार गर्ने चेतावनी दिएको हो ।
.jpeg)
.jpeg)

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…