नामुद तस्कर "जयकुमार यादव" को समूहले प्रहरीचौकी लुटे , चौकी तोडफोड सहित हातपात !
न्यूज ब्यूरो | जनकपुरधाम, २५ जेठ । धनुषाको विभिन्न नाकामा नामुद तस्करको रुपमा परिचित तस्कर जयकुमार यादवको समूहले प्रहरी चौकी लुटेका छन् । धनुषाको मुखियापट्टि मुसहर्निया गाउँपालिका–५ बहेडा बेलामा रहेको प्रहरी चौकी तस्करहरुको समूहबाट लुटिएका छन् । तस्करबाट बरामद गरिएको तस्करीका समानहरु प्रहरीले नियन्त

२०७५ जेठ २५ शुक्रबार, राति ९:०१ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो |
जनकपुरधाम, २५ जेठ । धनुषाको विभिन्न नाकामा नामुद तस्करको रुपमा परिचित तस्कर जयकुमार यादवको समूहले प्रहरी चौकी लुटेका छन् ।
धनुषाको मुखियापट्टि मुसहर्निया गाउँपालिका–५ बहेडा बेलामा रहेको प्रहरी चौकी तस्करहरुको समूहबाट लुटिएका छन् ।
तस्करबाट बरामद गरिएको तस्करीका समानहरु प्रहरीले नियन्त्रणमा लिएको थियो भने प्रहरीचौकीबाट तस्कार यादवले आफ्ना मान्छे परिचालन गरी चौकीमा तोडफोड गर्दै तस्करीका ती समानहरु लुटेर लगेका छन् ।
तस्करीको सामान फिर्ता लैजान आएको तस्करको समूहले प्रहरी चौकीमा तोडफोड गर्दै प्रहरीमाथि हातपात समेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका ‘क्राइम ब्रान्च’को टोलीले स्थानीय बहेडाबेला प्रहरी चौकीका प्रहरीको सहयोगमा भारतबाट अवैध रुपमा तस्करी गरी ल्याएका सामान बरामद गरेको थियो ।
यो भिडियोमा तस्कर जयकुमार यादव
भिडियो केही महिना अघि २०७४ माघ २२ गतेको हो । भन्सार छली गरी तस्करी गर्दै समान भित्राउँदै गर्दा गरेको तस्विर लिन गएका पत्रकार तथा भन्सामा खटिएका शसस्त्र प्रहरीलाई तस्कर जयकुमार यादवले आफ्ना समूह बोलाई हमला गरेको दृश्य ।
जटही नाका सहित अन्य नाकाबाट तस्कर यादवले अड्डा जमाएर बसेका छन् भने भन्सार कर्मचारी, प्रहरी प्रशासनकै मिलोमत्तोमा करोडौँको अबैद्य समानहरु तस्करी गर्दै नेपाल भित्रयाउँदै आएका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…