जनकपुरको कदमचोकमा 'कालिका होटेल' आजदेखि सँचालन , स्टाइलमा अन्यभन्दा फरक, १५% छुटको अफर
फेसबुक, युटुब, रिल्स, ईन्स्टाग्राममा सक्रिय रहने ग्राहकको लागि त्यो स्तरको सुविधा समेत प्रदान गरिने बताए । सँचालक साहका अनुसार ग्राण्ड ओपनिँगमा रेष्टुरेन्टमा आउने ग्राहकहरुको लागि १५ प्रतिशत छुटको व्यवस्था गरिएको हो ।

२०८० फागुन १४ सोमबार, बिहान ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित नयाँ सुविधा सम्पन्न रेष्टुरेन्ट सँचालनमा आएका छन् ।
जनकपुरधाम उपमहानगरपािलका वडा नम्बर २ कदमचोकस्थित कालिका होटेल एण्ड रेष्टुरेन्ट सँचालनमा आएको हो । आज (सोमबार) विहान ११ः०० बजे विधिवत रुपमा उदघाटन हुँदै सँचालनमा आउने सँचालक सँतोष रायले जानकारी दिए ।
कदमचोकदेखि शिवचोक जानेबाटोमा सेन्टर मार्टको माथिल्लो तल्लामा सुविधा सम्पन्न, स्टाईलिस्ट रेष्टुरेन्ट सँचालनमा आएको हो । काठमान्डौँसहित अन्य विभिन्न ठाउँबाट सेफ मगाएका रायले जनकपुरवासीलाई चाहिने स्वाद प्रस्तुति गरिने बताए । उनले काठमान्डौँसहित अन्य ठुला शहरमा पाईने विभिन्न आईटम, परिकारहरुलाई सोही स्वादमा यहाँ उपलब्ध गराउने दाबी गरे ।
सँचालक रायले रेष्टुरेन्टको डिजाईन समेत विदेशी शैलीमा गरिएको बताए । उनका अनुसार, यहाँ वकिलटोल, कदमचोक, भानुचोक, शिवचोक, विषहाराचोक, क्याम्पसचोक, देवीचोक बस्ने बाहिरबाट आएका विद्यार्थीहरुको टाढा जानुपर्ने बाध्यता हटने विश्वास जनाए । रेष्टुरेन्टमा सबै सुविधासहित हाई क्वालिटी फोटो र भिडियोसहित रिल्सको लागि समेत उपकरण उपलब्ध गराउने बताए ।
फेसबुक, युटुब, रिल्स, ईन्स्टाग्राममा सक्रिय रहने ग्राहकको लागि त्यो स्तरको सुविधा समेत प्रदान गरिने बताए । सँचालक रायका अनुसार ग्राण्ड ओपनिँगमा रेष्टुरेन्टमा आउने ग्राहकहरुको लागि १५ प्रतिशत छुटको व्यवस्था गरिएको हो ।
विहान ११ बजे हुने ओपनिँगमा जनकपुरधाम उद्योग वाणिज्य सँघका पदाधिकारी, बिजनेसम्यान, राजनीतिकर्मी, समाजसेवीहरुको उपस्थिति रहने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…