राराबमा निरन्तर भव्य रुपमा सरस्वति पूजा हुन्छः स्वीयू सचिव साह
सचिव साहले सम्पूर्ण सहयोगी हात, स्वीयूका अध्यक्ष मनिष यादवसहित पदाधिकारी, प्रोफेसर, क्याम्पस प्रशासन, विद्यार्थीहरुप्रति सहयोगको लागि धन्यवादसहित कृतज्ञता प्रकट गरे ।

२०८० फागुन ४ शुक्रबार, बिहान ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको राराब क्याम्पसमा दशकौँपछि भव्य रुपमा सरस्वति पूजा मनाएको भन्दै धार्मिक नगरीको पहिचानलाई टेवा दिएको बताईएको छ ।
राराब क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियनका सचिव करण साहले दशकौँपछि राराब क्याम्पसमा भव्यताका साथ सरस्वति पूजा मनाएको भन्दै निरन्तर नै भव्य रुपले पूजा हुने बताए ।
दशकौँपछि राराब क्याम्पसमा सरस्वति पूजामा भव्य सजाबट, विद्यार्थीहरुको मनोभाव र धार्मिकताको हिसाबले समेत पूजाआजा गरिएको बताउँदै धेरै बर्षपछि साँस्कृति कार्यक्रम, मनोरञ्जनात्मक कार्यक्रमलाई ट्रयाकमा ल्याउने प्रयास भएको साहले बताए ।
.jpeg)
सचिव साहले भने– “स्वतन्त्र विद्यार्थी युनियनको सचिव पदमा मलाई विद्यार्थी साथीहरूले जुन महत्वपूर्ण जिम्मेवारी दिनुभयो ,उक्त सम्पुर्ण अमुल्य मतको उच्च कदर गर्दै म र मेरो सम्पूर्ण टिम युनियनमा आएपछि क्याम्पसको शैक्षिक सुधार र क्याम्पसलाई सबै पक्षबाट सुन्दर बनाउने प्रयास गरिरहेको छु ।”
अगामी दिनहरूमा पनि अझै सिर्जनात्मक कार्यहरु गरेर क्याम्पसलाई मधेसकै उच्च शिक्षाको लागि एउटा गौरवशाली शैक्षिक स्थलको रुपमा निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।
सचिव साहले सम्पूर्ण सहयोगी हात, स्वीयूका अध्यक्ष मनिष यादवसहित पदाधिकारी, प्रोफेसर, क्याम्पस प्रशासन, विद्यार्थीहरुप्रति सहयोगको लागि धन्यवादसहित कृतज्ञता प्रकट गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…