मन्दिरमा भ्यालेन्टाइन डे मनाउन पुगेका कैयौँ जोडीलाई रामधुलाई, तीन जना पक्राउ, १०९ वटा मोटरसाईकल नियन्त्रणमा
यता, सरस्वति पूजाको दिन प्रशासनको सूचनालाई अवज्ञा गरी कानुन मिचेको भन्दै १०९ वटा मोटरसाईकल नियन्त्रणमा लिएको हो । तीन जना सवार, ट्राफिक नियम नमानेको, उच्छृँगल गतिविधि गरेको भन्दै प्रहरीले १०९ वटा मोटरसाईकल नियन्त्रणमा लिएर कारवाही गरेको हो ।

२०८० फागुन २ बुधबार, राति ९:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको जानकी मन्दिरमा भ्यालेन्टाइन डे मनाउन गएका कैयौँ जोडीलाई बजरँग दलका कार्यकर्ताहरुले रामधुलाई गरेको छ ।
बजरँग दलले केही दिन अगाडी नै सूचना जारी गर्दै धार्मिक स्थल, मठ मन्दिरहरुमा सरस्वति पूजाको दिन भ्यालेन्टाइन डे मनाएको देखिएमा सार्वजनिक रुपमै कुटपिट गर्ने चेतावनी दिएपनि जानकी मन्दिरमा गएर समाजिक हर्कत गरेको भन्दै उनीहरुले कुटपिट गरेको बताईएको छ ।
जानकी मन्दिर प्राँगन, विवाहमण्डपमा प्रेमजोडीहरुले गैर–धार्मिक गतिविधि गरेको पाएपछि बजरँग दलले उनीहरुलाई नियन्त्रणमा लिएर कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । प्रेम दिवस मनाउन आएका जोडीहरुलाई बजरँग दलले कुटपिट गरेको हो ।
सोही क्रममा प्रेम जोडीहरुलाई कुटपिट गरेको आरोपमा बजरँग दलका तीन कार्यकर्ता समेत पक्राउ परेका हुन् । उनीहरुले सार्वजनिक स्थलमा झै झगडा गरेको भन्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यता, सरस्वति पूजाको दिन प्रशासनको सूचनालाई अवज्ञा गरी कानुन मिचेको भन्दै १०९ वटा मोटरसाईकल नियन्त्रणमा लिएको हो । तीन जना सवार, ट्राफिक नियम नमानेको, उच्छृँगल गतिविधि गरेको भन्दै प्रहरीले १०९ वटा मोटरसाईकल नियन्त्रणमा लिएर कारवाही गरेको हो ।
बजरँग दलको गतिविधिलाई समाजिक सँजालमा अराजक गतिविधिको सँज्ञा दिएको हो । प्रेम जोडीहरुलाई कुटपिट गरेको भन्दै अराजक गतिविधि भनिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…