यी अस्पतालमा १२ रुपैयाँको औषधी २ सयमा बेच्छन्
न्यूज ब्यूरो | जनकपुरधाम, २५ जेठ । धनुषाको धनुषाधाममा अवस्थित एक नीजि अस्पतालमा औषधीको मूल्य भन्दा १० गुणा बढी चर्को मूल्यमा औषधी विक्रीवितरण गरेको खुलासा भएको छ । धनुषाधाममा अवस्थित मिथिला हस्पिटल एण्ड डायग्नोष्टिक सेन्टरमा ८ रुपैयाँ भारु पर्ने औषधीको मूल्य २ सय बनाएर लिने गरेको खुलेको छ । विहिबार

२०७५ जेठ २५ शुक्रबार, दिउँसो १:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २५ जेठ । धनुषाको धनुषाधाममा अवस्थित एक नीजि अस्पतालमा औषधीको मूल्य भन्दा १० गुणा बढी चर्को मूल्यमा औषधी विक्रीवितरण गरेको खुलासा भएको छ ।
धनुषाधाममा अवस्थित मिथिला हस्पिटल एण्ड डायग्नोष्टिक सेन्टरमा ८ रुपैयाँ भारु पर्ने औषधीको मूल्य २ सय बनाएर लिने गरेको खुलेको छ ।
विहिबार दिउँसो अस्पतालमा औलौ रोगले ग्रसित हँसपुर नगरपालिका वडा नं. ५ झटियाही बस्ने बर्ष अन्दाजी ७० बर्षिय विष्णु मण्डलले उपचार गराउन गएका थिए ।
मलेरिया औलो विरुद्ध दिइने ल्यारिडो जीपी नामक औषधीको मूल्य २ सय रुपैयाँ लिएपछि विवाद भएको थियो ।
औषधीमा ८ रुपैयाँ ४ पैसा भारतीय रुपैयाँ तोकिएको छ भने नेपाली १२ रुपैयाँ बढी मात्र हुन्छ तर अस्पतालकै मातहतमा सँचालित औषधी पसलमा त्यो औषधीको २ सय रुपैया लिएपछि तनाव उत्पन्न भएको थियो ।
अस्तापलले १० गुणा बढी औषधी शूल्क लिएपनि सरोकारबाला निकायले कुनै प्रकारको चासो नलिएको हो ।
स्थानीयहरुले त्यो अस्पताल विरामीको नाममा लुट मच्चाएको गुनासो गरिएको छ ।
यता, अस्पताल प्रशासनले भने औलो विरुद्धको औषधीको स्कारसिटी भएको भन्दै चर्को मूल्य लिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…