जनकपुरका व्यापारीहरुले भोली आधा दिन जनकपुर बजार बन्द गर्ने
व्यापारीहरुलाई प्रहरीले दुःख दिएको भन्दै प्रहरीको विरोध स्वरुप आधा दिन जनकपुर बजार बन्द गर्ने भएको छ । यद्यपी, यसले जनकपुरका व्यापारीहरुलाई नै घाटा हुने भएपछि केही व्यापारीहरु विरोध समेत जनाउने भएको छ ।

२०८० माघ २० शनिबार, बेलुकी ६:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बिलबिजक बिना नै कारोवार गरेपछि पक्राउ परेका एक सुनचाँदी व्यावसायीको उर्दीपछि भोली जनकपुरका व्यापारीहरुले आधा दिन जनकपुर बजार बन्द गर्ने निर्णय गरेको हो ।
जनकपुरधामस्थि रहेको बलराम ज्वलर्सका सँचालक बलराम साहले बिना बिलबिजकको कारोवार देखिएपछि पक्राउ गरेको भन्दै प्रहरी विरुद्ध आधा दिन जनकपुरधामको बजार बन्द गर्ने भएको छ ।
सरकारी भाषामा गैर कानुनी कार्य गरेका बलराम ज्वलेर्सका सँचालक बलराम साहले प्रहरीले आफूलाई पक्राउ गरेको विरोधमा भोली आईतबार आधा दिन जनकपुर बजार बन्द गर्ने निर्णय गरेको हो ।
व्यापारीहरुलाई प्रहरीले दुःख दिएको भन्दै प्रहरीको विरोध स्वरुप आधा दिन जनकपुर बजार बन्द गर्ने भएको छ । यद्यपी, यसले जनकपुरका व्यापारीहरुलाई नै घाटा हुने भएपछि केही व्यापारीहरु विरोध समेत जनाउने भएको छ ।
बुधबार धनुषा प्रहरीले बिलबिजक बिना सुन कारोबार गरेको भन्दै बलराम साहसहित केही कालिगढलाई प्रहरीले पक्राउ गरी पथलैया बुझााएको थियो । त्यतिबेला कारोबार गैरकानुन देखिएको थियो ।
कालीगढ भनिएका सिरहा मिर्चेया दुई व्यापारीलाई राजस्व अनुसन्धान विभागको पथलैया कार्यालय पठाएको थियो । विभागको पथलैया कार्यालयले ती चारैलाई धरौटी लिई बिहीबार रिहा गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…